२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलको नेता बन्न देउवाको पहल, सघाउन शशांकलाई आग्रह



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न पार्टीभित्र पहल सुरु गर्नुभएको छ । प्रधानमन्त्री बन्न सर्वप्रथम नेपाली कांग्रेसको संसदीय दलका नेता बन्नुपर्ने भएकाले उहाँले त्यसका लागि पहल सुरु गर्नुभएको हो ।

छैटौँ पटक प्रधानमन्त्री बन्न उहाँले संसदीय दलको नेता चुनिनुपर्ने वैधानिकता पूरा गर्न बाँकी छ । पार्टीका पूर्वमहामन्त्री शशांक कोइरालासँग देउवाले आफूलाई सघाउन कोइरालाको सचिवालयले जनाएको छ । देउवाले अहिलेसम्म दलको नेतामा औपचारिक दाबी गर्नुभएको थिएन । यद्यपि उहाँले शीर्ष नेताहरुसँग छलफल सुरु गर्नुभएको छ ।

कोइराला र देउवाबीच भएको भेटमा प्रतिनिधिसभा निर्वाचित भएकामा दुवैले एकआपसमा बधाई आदानप्रदान गर्दा प्रधानमन्त्री देउवाले सहयोगका लागि आग्रह गर्नुभएको बताइएको छ । यसअघि नै उहाँले आफूनिकट पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेतालाई पार्टीभित्र र बाहिर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्न खटाइसक्नुभएको छ ।