२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं १ को यस्तो छ आर्थिक अबस्था -पूर्णपाठ सहित



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाको स्थलगत तथा गैरस्थलगत भ्रमण गरी आर्थिक वर्ष २०७८/७९ को आर्थिक गतिविधिसम्बन्धी वार्षिक प्रतिवेदन तयार गरेको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं १ को कृषि, उद्योग, सेवा, पूर्वाधार, रोजगारी तथा सरकारी वित्तलगायतका क्षेत्रको यथार्थ अवस्था र अघिल्लो वर्षको तुलनामा भएको परिवर्तनको अध्ययन तथा विश्लेषण गरिएको छ ।

केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश नं १ को आर्थिक वृद्धिदर ३.८८ प्रतिशत रहेकामा आर्थिक वर्ष २०७८/७९ मा उक्त वृद्धिदर ५.०९ प्रतिशत रहने अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै समीक्षा अवधिमा मुलुकको कृषि क्षेत्रको कूल उत्पादनमा प्रदेश नं १ को हिस्सा २१.८ प्रतिशत, उद्योग क्षेत्रको उत्पादनमा १९.६ प्रतिशत र सेवा क्षेत्रमा १२.५ प्रतिशत योगदान रहने अनुमान गरिएको छ । अघिल्लो वर्ष कृषि, उद्योग र सेवा क्षेत्रमा प्रदेश नं १ को हिस्सा क्रमशः २१.७ प्रतिशत, १९.६ र १२.५ प्रतिशत रहेको थियो ।

त्यस्तै प्रदेशगत आर्थिक वृद्धिका आधारमा आर्थिक वर्ष २०७८/७९ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ५.४१ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस प्रदेशको आर्थिक वृद्धि दर ४.३४ प्रतिशत रहेको थियो ।

२०७८ सालको जनगणनाको प्रारम्भिक प्रतिवेदनअनुसार नेपालको कूल जनसंख्याको १७।०३ प्रतिशत हिस्सा रहेको यस प्रदेशको वार्षिक जनसंख्या वृद्धि दर ०.८८ प्रतिशत रहेको छ । पछिल्लो जनगणनाअनुसार प्रदेश नं १ को जनघनत्व १९२ प्रतिवर्ग किलोमिटर रहेको छ । त्यस्तै प्रतिपरिवा औसद सदस्य संख्या ४.१३ रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो आँकडा ४.५७ थियो ।

आर्थिक-गतिविधि-अध्ययन-२०७८-७९-को-वार्षिक-प्रतिवेदन-प्रदेश-नं.-१