२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी अध्यक्ष दाहालसँग गृहमन्त्रीको भेट



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाणले आज भेटवार्ता गर्नु भएको छ ।

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा भएको भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो ।

भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको र दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको बताइएको छ । निर्वाचनमा गठबन्धन गरेका दलहरूले पाँच वर्षसम्मै गठबन्धनकै माध्यमबाट मुलुककको विकास गर्न एकजुट भएर लाग्नुपर्नेमा जोड दिएको दिँदै आएका छन् ।