४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी, पार्टीको साधारण सदस्यबाटै बर्खास्त गर्न माग

रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी, पार्टीको साधारण सदस्यबाटै बर्खास्त गर्न माग
फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

लामिछानेको नेपाली नागरिकता नै नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सो दलको साधारण सदस्यता तत्कालै खारेज गर्न आयोगमा उजुरी परेको हो । लामिछानेविरुछ सिन्धुली जिल्ला कमलामाई–१ घर भई हाल काठमाडौँ–३१ बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेलले उजुरी दिएका हुन् ।

उजुरीकर्ता पौडेलले मतदान गर्ने, उम्मेदवार बन्ने र राजनैतिक दल खोल्ने अधिकार नेपालको संविधान, राजनैतिक दलसम्बन्धी ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन तथा प्रदेशसभा सदस्य निर्वाचन ऐनअन्तर्गत केवल नेपाली नागरिकलाई मात्रै प्रदान गरिएको भन्दै निज लामिछाने अझै पनि विदेशी नागरिक रहेको बताएका छन् ।

उजुरीमा लामिछानेले दल दर्ता गर्दा प्रयोग गरेको नागरिकता निज अमेरिकी नागरिक हुनुपूर्वको भएको उल्लेख छ । निजले अमेरिकी नागरिकता त्यागी सकेका भए सो त्याग गरिसकेपश्चात नागरिकता ऐन, २०६३ को दफा ११ र नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिमको प्रक्रिया पूरा गरी नेपाली नागरिकता नलिएको उजुरीमा उल्लेख छ ।

आयोगमा दर्ता भएको उजुरी यस्तो छ :

मिति : २०७९।०८।१९
माननीय श्री प्रमुख निर्बाचन आयुक्त ज्यू,
श्री निर्बाचन आयोग
कान्तिपथ, काठमाडौं
नेपाल ।

बिषय : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रबि लामिछानेको साधारण सदस्यता समेत बदर गरी पाउँ भन्ने सम्बन्धमा ।

महोदय,
यहि २०७९/०८/०४ मा मुलुकमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको आवधिक निर्बाचन शान्तिपूर्ण र निस्पक्ष रुपमा सुसम्पन्न गर्नु भएकोमा यहाँ लगायत यहाँको सिंगो टिम र श्री निर्बाचन आयोग समेतलाई एक सचेत नागरिक र राजनैतिक दलको नेताको रुपमा म धन्यवाद दिन चाहन्छु । लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको निर्बाचन सुसम्पन्न गर्न यहाँले खेल्नु भएको नेतृत्वदायी भूमिकाको समेत म सहर्ष प्रशंशा गर्न चाहन्छु ।

तथापी कुनै पनि बिदेशीले वा नेपाली नागरिकता नभएको कुनै पनि व्यक्तिले राजनैतिक दल खोल्न, सो दलको साधारण सदस्य हुन् र अध्यक्ष वा सभापति हुन् समेत नसक्ने हाम्रो कानूनी व्यवस्था बिपरित मिति २०७९/०३/१७ मा दल दर्ता नं. १८७ मा राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा दल दर्ता गर्न पाउने र दलको सदस्य वा नेता हुन् पाउने अधिकार केवल नेपाली नागरिक संग मात्रै हुने कानूनी व्यवस्था बिपरित नेपाली नागरिकता नभएका श्री रबि लामिछानेको सभापतित्वमा उक्त दल दर्ता भएको सम्बन्धमा निर्बाचन आयोगबाट हुन् गएको त्रुटि बाट म स्तब्ध भएको छु ।

राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा मेरो कुनै पनि आपति छैन । उक्त दलमा भएका नेपाली नागरिकहरुले उक्त दल खोल्न, सो दलको नेतृत्व गर्न र राजनीतिमा संलग्न भई मुलुकको नेतृत्व लिन पाउनु पर्दछ भन्ने मान्यतामा म प्रस्ट छु । तर नेपाली नागरिकता नै नभएका श्री रबि लामिछानेलाई उक्त दलको सभापतिको मान्यता दिन एंब सो दलको साधारण सदस्यता समेतको मान्यता दिन नमिल्ने भएको हुँदा निजको सभापतित्व र साधारण सदस्यता निर्बाचन आयोगले खारेज गर्न वा सो गर्न गराउन राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्देशन दिई निज रबि लामिछानेको उक्त दलको सभापति पद र साधारण सदस्यता तत्कालै खारेज गरी पाउन म श्रीमान समक्ष निम्न बुंँदामा निबेदन गर्दछु ।

१. मतदान गर्ने, उम्मेद्धार बन्ने र राजनैतिक दल खोल्ने अधिकार नेपालको संबिधान, राजनैतिक दल सम्बन्धि ऐन, प्रतिनिधि सभा सदस्य निर्बाचन ऐन तथा प्रदेश सभा सदस्य निर्बाचन ऐन अन्तर्गत केवल नेपाली नागरिकलाई मात्रै प्रदान गरिएको छ ।

राजनैतिक दल खोल्ने स्वतन्त्रता मौलिक हक हो । तर नेपालको संबिधान, २०७२ को धारा १७(२)(क) ले सो हक प्रयोग गर्न पाउने अनुमति केवल नेपाली नागरिकलाई मात्रै प्रदान गर्दछ । त्यसरी नै संघिय संसद्को सदस्य हुन् पनि नेपालको नागरिक हुनु पर्दछ भन्ने व्यवस्था नेपालको संबिधान, २०७२ को धारा ८०(१)(क) मा गरिएको छ । त्यसरीनै सबिधानको धारा ८४(५) अन्तर्गत १८ बर्ष उमेर पूरा भएको नेपाली नागरिकले मात्रै मतदान गर्न पाउँदछ्न । उक्त व्यवस्था बाध्यात्मक हुन् । कुनै पनि व्यक्ति वा निकायले उक्त व्यवस्थाको अनादर गर्न मिल्दैन । त्यसरी नै राजनैतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ६(१)(ग), १४(२), १७ र २१(ज) र राजनैतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ३(२), ६(१)(घ) बमोजिम राजनैतिक दलको सदस्यता प्राप्त गर्न र पदाधिकारी हुन् नेपाली नागरिक हुनु पर्दछ । त्यसरीनै प्रतिनिधि सभा सदस्य निर्बाचन ऐन, २०७४ को दफा १२ बमोजिम प्रतिनिधि सभाको उम्मेद्धार हुन् नेपाली नागरिक हुनु पर्दछ एंब नेपालको नागरिक नभएको व्यक्ति सोहि ऐनको दफा १३ बमोजिम उम्मेद्धार हुन् अयोग्य हुन्छन । निर्बाचन (कसूर तथा सजाय) ऐन २०७३ को दफा १४ ले नेपाली नागरिकता नभएको व्यक्तिलाई मतदान गर्न समेत प्रतिबन्ध लगाई गैर नेपाली नागरिकले मतदान गरेमा कसूर गरेको मान्दछ ।

यसै सन्दर्भमा चितवन जिल्लाको क्षेत्र नं. २ बाट उम्मेदवार हुनु भएका श्री रबि लामिछाने नेपालको नागरिक होइनन भन्ने बिषय मिडियामा आएको अवस्था छ भने श्री निर्बाचन आयोगमा समेत सो सम्बन्धमा उजुरी परेको कुरा संचार माध्यममा आएको छ । संचार माध्यममा आएका जानकारी अनुसार निज रबि लामिछानेले २०५०/११/१० मा श्री काठमाडौं जिल्ला प्रशासन कार्यालयवाट नेपालको नागरिकता लिएका, सोहि नागरिकताबाटै नेपाली पासपोर्ट लिएका र ततः पश्चात निज अमेरिका गई अमेरिकी नागरिक बनि (अमेरिकी राहादानी नं. ५१२९६६९८१) धारण गरी नेपाल आउँदा अमेरिकी नागरिकको हैसियतमा गैर पर्यटकीय भिसामा नेपाल बसेका र तत् पश्चात हालसालै राष्ट्रिय स्वतन्त्र पार्टी नामक राजनैतिक दल खोलि सो दलको सभापतिसमेत आफै बनि सो दलले निर्बाचनमा भाग लिएको सर्बबिदितै छ ।

निज रबि लामिछानेले दल दर्ता गर्दा प्रयोग गरेको नागरिकता निज अमेरिकी नागरिक हुनु पूर्बको (श्री काठमाडौँ जिल्ला प्रशासन कार्यालयवाट मिति २०५०/११/१० मा नागरिकता नम्बर १८२२२ को रुपमा जारि भएको) हो ।निजले अमेरिकी नागरिकता त्यागी सकेका भए सो त्याग गरि सके पश्चात नागरिकता ऐन, २०६३ को दफा ११ र नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिमको प्रक्रिया पूरा गरी नेपाली नागरिकता लिएका छैनन् ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १०(१) अन्तर्गत कुनै पनि नेपाली नागरिकले बिदेशी नागरिकता लिएको अवस्थामा नेपालको नागरिकता स्वत समाप्त हुन्छ अर्थात कायम रहन सक्दैन । यस्तो अवस्थामा निज रबि लामिछ्नेले अमेरिकी नागरिकता लिए पश्चात निजको नेपालको नागरिकता कायम नरहेको हुँदा निजले पुनः नेपालको नागरिकता प्राप्त नगरी निज नेपालको नागरिक हुन् सक्दैनन् र यस्तो अवस्थामा निज राजनैतिक दलमा संलग्न हुन्, उम्मेदवार हुन् र मतदान गर्न समेत सक्दैनन् । तसर्थ निज रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेको सबै खाले आबद्धता अर्थात् सभापति र साधारण सदस्यता समेत राजनैतिक दल सम्बन्धि ऐन, २०७३ को दफा २१, ४६, ५५ र ५७ बमोजिम तत्कालै खारेज गरी पाउँ ।

२. निज रबि लामिछानेले नागरिकता ऐन, २०६३ को दफा ११ बमोजिम पुनः नेपाली नागरिकता नलिएको हुँदा निज अमेरिकी नागरिक हुन् पूर्वको अर्थात् २०५० सालको नागरिकता नम्बर १८२२२ को नागरिकता (नेपाल नागरिक ऐन, २०६३ को दफा १०(१) बमोजिम कायम नरहेको नागरिकता) प्रयोग गरी दल दर्ता गराउने कार्य श्री निर्बाचन आयोगको त्रुटिले भएको हो भने सो त्रुटि तत्कालै सच्चाई निज रबि लामिछानेको उक्त दलको सदस्यता तत्कालै खारेज गरियोस । यदि निज रबि लामिछानेले श्री निर्बाचन आयोगलाई कायम नभएको नागरिकतालाई सद्धे हो वा कायम हो भनि भ्रममा पारि झुक्याई गफलतमा पारि राजनैतिक पद प्राप्त गरी धोका दिएका हुन् भने मुकुकी अपराध संहिता,२०७४ को दफा २४९ र २५२ बमोजिमको अपराध एंब निर्बाचन कसूर तथा सजाय ऐन २०७४ अन्तर्गत समेत कार्यबाही गरी वा कार्यबाही गर्न कानूनी प्रक्रिया तत्कालै शुरु गरी निजको उक्त दलमा रहेको सभापति एंब साधारण सदस्य समेतका सम्पूर्ण आबद्धता खारेज गरी पाउँ ।

३. श्री निर्बाचन आयोगले किन निज रबि लामिछानेलाई दल खोल्न, उम्मेदवार हुन् र मतदान गर्ने अधिकार प्रदान गरेको हो ? के निर्बाचन आयोगले नेपालको संबिधान, राजनैतिक दल सम्बन्धि ऐन र निर्बाचन संग सम्बन्धित ऐनको पालन गर्ने र गराउने जिम्मेवारी लिनु पर्दैन ? म बिश्वस्त छु कि निर्बाचन आयोगले कानूनको शासनको प्रत्याभूति गर्ने छ र निज रबि लामिछानेका बारेमा उठेका उक्त सवालका सम्बन्धमा तथ्ययुक्त र यथेष्ट छानबिन गरी कानून बमोजिम तत्कालै निर्णय लिने छ ।

४. निज रबि लामिछानेले अमेरिकी नागरिक भएको अवस्थामा नै नेपाली पासपोर्ट सन् २०१५ मे २७ तारिख अर्थात् २०७२/०२/१३ गते लिएको देखिन्छ । यसरि निजले नेपाल सरकार र सरकारी निकायलाई पनि गुमराहमा राखेको देखिन्छ । अमेरिकी नागरिकको हैसियतमा नेपालमा बसेको बेलामा नेपाली पासपोर्ट लिन र सो को प्रयोग गर्न मिल्ने होइन । तसर्थ निज रबि लामीछानेले अमेरिकी नागरिकता त्याग गरेको प्रमाण पनि हाल सम्म पेश गर्न सकेको देखिदैन । यदि निज रबि लामिछानेले अमेरिकी नागरिकता त्याग गरेका हुन् भने सो को प्रमाण समेत निज बाट पेश गर्न लागाई पाउँ ।निज रबि लामिछानेको उम्मेद्धारी सम्बन्धमा परेको उजुरी निबेदनका सम्बन्धमा श्री निर्बाचन आयोगले गरेको छानबिन एंंब निर्णय र सो संग सम्बन्धित सम्पूर्ण दस्ताबेजलाई यस निबेदनमा प्रमाण लगाई सो प्रमाणको एक प्रति म निवेदक समेतलाई उपलब्ध गराई पाउँ ।

बिदेशी नागरिक वा नेपाली नागरिक नभएको गैर नेपाली नागरिकले उम्मेद्धार हुन, मतदान गर्न र राजनैतिक दल खोल्न कानूनले प्रतिबन्ध लगाएको छ भने नेपाली नागरिकले उक्त कार्य निर्बाध रुपमा गर्न पाउनु पर्दछ । तसर्थ निज रबि लामिछानेका बारेमा जे जुन प्रश्नहरु उठेका छन सो गम्भीर छन् । अनागरिक, गैर नागरिक वा बिदेशी नागरिकका हातमा मुलुकको राजनैतिक सत्ता, मुलुकको कानून बनाउने निकाय संसद र राजनीतिको बागडोर पुग्दा मुलुकको सार्बभौमसत्ता, राजनैतिक स्वाधीनता र राष्ट्रियता नै अन्ततः कमजोर बन्ने र समाप्त हुने खतरा उत्पन्न हुन्छ । तसर्थ, यस बिषयको गम्भीरता र कानूनको शासनको प्रत्याभूतिका लागि तत्कालै निर्णय होस् भनि सबिनायताका साथ् निबेदन पेश गर्दछु ।

निवेदक
सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा न १ घर भई हाल काठमान्डू जिल्ला काठमाडौँ महानगरपालिका वडा न ३१ बस्ने बर्ष ३५ का नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युबराज पौडेल सफल (नागरिकता नम्बर ४१३४५ सिन्धुली, जारी मिति २०६१/१२/३०) ।