२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनराजजी, धेरै दुःख गरेर भए पनि यो पाप कटाउनुस्: उपमहासचिव पौडेल



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा बिजय पौडेलले नेपाली काग्रेसका उपसभापति धनराज गुरुङले बुथ कब्जाको कालो दाग भिरेर हिँड्नुपर्ने अबस्था आएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक संञ्जालमा पौडेलले लेख्नुभएको छ-

धनराज गुरुङजीले जीवनभर “बुथ कब्जा” को कालो दाग भिरेर हिँड्ने भए । धनराजले आफैंले श्रद्धाञ्जली दिएका व्यक्तिको पनि भोट खसालेछन् । लाजको मर्नु ! यो लोकतन्त्रको बेइज्जति हो । धनराजजी, धेरै दुःख गरेर भए पनि यो पाप कटाउनुस् । गठबन्धनको सहयात्री भएकैले झन् लेख्नै पयो ।

गुरुङमाथी स्याङ्जा २ मा चापाकोट नगरपालिकाका ३ वटा बुथ कब्जा गरेर चुनाव जितेको आरोप लागेको छ ।