• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकको विशेष छुट सम्झौता ★   बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छ: प्रधानमन्त्री ★   सम्पदा र संस्कृतिलाई पुरानो शैलीमा लैजाँदा व्यापार व्यवसाय झनै बढ्छ: मेयर साह ★   ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु ★   दुर्लभ पाटे बाघ मृत भेटियो ★   नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा ★   सिरहाको राजदेवी मन्दिरमा वैशाखी मेला ★   सन्दीप टिममा जोडिने भएपछि टिमको आत्मविश्वास बढेको छ: पारस खड्का (अन्तरवार्ता/भिडियो​) ★   लेबीको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीमा अर्को लफडा ! ★   उभौली पर्वले राष्ट्रिय एकतामा सहयोग पुर्‍याउँछ : पूर्वराष्ट्रपति भण्डारी

कांग्रेस उप-सभापति खड्का र समाजवादीका अध्यक्ष नेपालविच भेटवार्ता



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

अध्यक्ष नेपालको निवास कोटेश्वरमा आज भएको भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिनुभएको थियो । भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा भएको उपसभापति खड्काको सचिवालयले जानकारी दिएको छ ।

त्यस अवसरमा वर्तमान सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन पनि निरन्तरता दिने र अरु दलहरूलाई पनि गठबन्धनमा सहभागी गराउन पहल गर्ने गरी सकारात्मक छलफल भएको बताइएको छ । यसअघि नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपसभापति खड्काबीच पनि भेटवार्ता भएको थियो ।