६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै



अ+ अ-

स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उहाँ आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार चार सय १८ मतले अगाडि हुनुहुन्छ ।

केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले एघार हजार नौ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले नौ हजार पाँच सय दुई मत ल्याउनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले पाँच हजार एक सय ९२ मत प्राप्त गर्नुभएको छ । कुल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार पाँच सय ८३ मत गणना भएको छ ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ६ र ७, भिरकोट नगरपालिकाका वडा नं ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ गतणना सकिएको छ । वडा नं १४ को मत गणना जारी छ ।

त्यसैगरी स्याङ्जा क्षेत्र नं २ ९१० मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका मोहन रेग्मीलाई दुई हजार छ सय ५२ मतले पछाडि पार्नुभएको छ । अर्यालले १३ हजार आठ सय ४७ मत प्राप्त गर्दा रेग्मीले ११ हजार एक सय ९५ मत ल्याउनुभएको छ ।