२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हारको हतास मानसिकता बोकेर जथाभावी नबोल्न झलनाथलाई एमालेको चेतावनी



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई पराजयपछि हतास मानसिकता बोकेर जथाभावी अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।

एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नं १ का संयोजक उदयबहादुर राईले एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न आग्रह गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “निर्वाचनमा भाग लिएर मतगणना सुरु भई नतिजा आउँदासम्म सबै प्रक्रियासंगत, विधिसम्मत, निष्पक्ष, धाँधलीरहित देख्ने र आफू पराजित हुने निश्चित भएपछि अनेक प्रकारका आरोप लगाउनु आफैँमा अलोकतान्त्रिक प्रवृत्ति हो, अझ देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस प्रकारको हर्कत देखाउनु लोकतन्त्रको मेरुदण्डमाथि कै हमला हो ।”

निर्वाचनको प्रचारप्रसारका क्रममा राज्यसत्ताको दुरुपयोग गर्दै नेकपा (एमाले) का उम्मेदवार एवं पार्टीका अन्य जिम्मेबार नेता कार्यकर्ताको मोबाइल ट्र्याकिङ गर्नु कतिसम्म पराजित मानसिकताको पराकाष्ठा हो भन्ने छर्लङ्ग भएको विज्ञप्तिमा उल्लेख छ ।

“नेकपा (एमाले) को राम्रो जनाधार भएको माईजोगमाई गाउँपालिका वडा नं ५, सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्रसित बनाउन बम पड्काउनु, माई नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडीलाई लक्षित गरी बम पड्काउनु, गोर्खेमा मतपेटिका साट्ने दुष्प्रयास गर्नुजस्ता आपराधिक क्रियाकलापले जनताको जनमतको आधारमा होइन, जालझेल र षड्यन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभिष्ट थियो त्यो पूरा हुन सकेन”, विज्ञप्तिमा भनिएको छ ।

खनाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–१ बाट एमालेका महेश बस्नेतसँग पराजित हुनुभएको थियो । पराजयपछि नेता खनाल र उहाँको पार्टी एकीकृत समाजवादीले चुनावी परिणामलाई अस्वीकार गर्दै आएको छ ।