• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   रेडक्रसद्वारा १७ जिल्लाहरुमा विपद् पूर्वतयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरु सञ्चालन ★   नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्: प्रधानमन्त्री ★   प्रेस स्वतन्त्रतामाथि सङ्कुचन हुन दिइँदैन: प्रधानमन्त्री ★   आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै, मुम्बईलाई जित्नैपर्ने दबाब ★   ‘कुल ब्वाइ’ अब चलचित्रका अभिनेता, ‘होस्टेल ३’मा अनुबन्धित ★   भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन: धनराज गुरुङ (अन्तरवार्ता) ★   प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन ★   नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह ★   सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो ★   रास्वपा सचिवालयको बैठकमा आज के हुँदैछ ?

नेपाल एयरलाइन्सले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्दै



file

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र मलेसियाको क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ ।

निगमले आगामी पुस ४ गतेदेखि ती दुई गन्तव्यमा उडान सञ्चालन गर्नेगरी नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले उडान अनुमति दिएको जनाइएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले दोहा र क्वालालम्पुरबाट भैरहवा उडान गर्ने उडान तालिका स्वीकृत भएको जानकारी दिनुभयो । उहाँका अनुसार साताको दुई दिन (आइतबार र मङ्गलबार) काठमाडौँ–दोहा–भैरहवा–काठमाडौँ र साताको एक दिन क्वालालम्पुरदेखि भैरहवा उडान गरेर उक्त जहाज काठमाडौँ आउनेछ ।

यसैबीच निगमको भारतको नयाँदिल्ली गन्तव्यमा साताको १४ उडान हुने भएको छ । यसअघि कटौती भएको दिल्लीको सबै उडान हुनेगरी तालिका पुनःस्वीकृत भएको निगमले जनाएको छ । निगमले काठमाडौँ–दिल्ली गन्तव्यमा अव दैनिक दुई उडान गर्नेछ ।

पछिल्लो एक महिनादेखि निगमले उक्त गन्तव्यमा साताको १० उडान गर्दै आएको थियो । तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अनिवार्य उडान गर्नुपर्ने क्यानको बाध्यकारी निर्णपछि निगमको दिल्ली उडान कटौती भएको थियो । रासस