२१ मंसिर २०८२, आईतवार
,
Latest
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र सबल बन्न सक्दैनः अध्यक्ष ढकाल एआईले गर्दा समाचारको मूल्य र मान्यता मरेको छः सचिव अर्याल आर्थिक मुद्दालाई राजनीति भन्दा माथि राखौँः अध्यक्ष पाण्डे सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष लिङ्देनद्वारा तीनवटा पुलको शिलान्यास



अ+ अ-

झापा । नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गर्नुभएको छ । राप्रपा अध्यक्षसमेत रहनुभएका उहाँले हल्दीबारी गाउँपालिकाको भुतेनी खोला, भुसुडी खोलामा बन्ने पक्की पुलको शिलान्यास गर्नुभयो ।

विसं २०८१ मङ्सिर ५ गते निर्माण सम्पन्न हुने गरी रु चार करोड ६७ लाख ९४ हजार आठ सय ७८ मा तीनवटा पुलको सारा सृष्टि निर्माण सेवा प्रालिसँग ठेक्का सम्झौता भई शिलान्यास गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिनुभयो ।

पालिकाको वडा नं १ र ५ जोड्ने भुतेनी खोलामा ४२ दशमलव सात मिटर लम्बाइको, वडा नं ३ को भुसुडी खोलामा २६ दशमलव आठ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६ दशमलव आठ मिटर लम्बाइको पुल निर्माण हुने भएको छ ।