४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गाउँघरमा देखिन छोड्यो अरिङ्गालको गोला

गाउँघरमा देखिन छोड्यो अरिङ्गालको गोला
अ+ अ-

फुङ्लिङ । मौरी शब्द सुत्रासाथ जो कोहिले मह चाखेको कल्पना गर्छन् र मुख मिठ्याउँछन् । अरिङ्गाल सुत्रासाथ त्यसले चिल्दाको सास्ती स्मरण गर्छन् । पहाडी क्षेत्रमा प्रशस्त पाइने अरिङ्गाल आजभोलि देख्न मुस्किल हुँदै गएको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ का चिरन राई एक समयका अरिङ्गाल सिकारी हुनुहुन्थ्यो । उहाँले दिनभर अरिङ्गाल उडेको पछ्याउन धेरै टाढाटाढासम्म पुग्नुहुन्थो । विशेषगरी बिहान सूर्योदयको समय र सूर्यास्तको समयमा डाँडामा बसेर अरिङ्गाल उडेको माउ हेर्दै नजिक वा टाढा छ भत्रे सजिलै पत्ता लगाउनुहुन्थ्यो । तर आजभोलि अरिङ्गाल भेटिन छाडेसँगै अरिङ्गालको सिकार गर्न छोड्नुभएको छ ।

पाँच वर्षअगाडि कात्तिक र मङ्सिरमा अरिङ्गालको माउ उडेको पछ्याउँदै अरिङ्गालको गोलो पोल्नमा व्यस्त हुने राईका लागि आजभोलि फुर्सद मिलेको छ । सूर्योदय र सूर्यास्तको किरणसँगै उडेको देखिने अरिङ्गालका माउ अचेल देख्न मुस्किल हँुदै गएको राईको भनाइ छ ।

सोही गाउँमा शहरमान राई र राजकुमार राई पनि विगतका वर्षहरुमा प्रख्यात अरिङ्गाल सिकारी उपनामले परिचित नाम हो । दिनमा अरिङ्गालको गोलो पत्ता लगाएपछि बेलुका पोल्ने र झार्ने काम गर्नुहुन्थ्यो । बिस्तारै अरिङ्गाल लोप हुँदै गएसँगै उहाँहरुले अरिङ्गालका सिकार गर्ने पेसा परिर्वतन गर्नुभएको छ । शहरमान राई अहिले मिस्त्री काममा व्यस्त हुनुहुन्छ भने राजकुमार राई अलैँची खेती गर्न थाल्नुभएको छ ।

विगतमा गाउँघर वरिपरिका जङ्गलहरुमा तथा ठूलाठूला रूखको हाँगा र चट्टानमा अरिङ्गालको गोलो देख्न सकिन्थ्यो । तर आजभोलि जङ्गल भिर पहाड तथा रूखका हाँगाहरुमा अरिङ्गाल देख्न मुस्किल हुँदै गएको फक्ताङलुङ गाउँपालिका–६ का वसन्त लिम्बूले बताउनुभयो । लिम्बूले भत्रुभयो, “केही वर्षअगाडि घरको छानोमा समेत अरिङ्गालको गोलो देख्न पाइन्थ्यो तर आजभोलि जङ्गलमा समेत देख्न मुस्किल हुँदै गएको छ ।”

जैविक विविधताको क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार अरिङ्गाल एक प्रकारको समूहमा बस्ने विषालु किरा हो । यसको देख्न सक्ने क्षमता धेरै हुन्छ । अरिङ्गालले मौसमअनुसार आफ्नो घर फेर्ने यो किरा जमिनमुनि र अग्लाअग्ला रूखको हाँगामा गोलो बनाएर बस्ने गर्दछ ।

सन् २०१८ मा इकोलोजिकल इन्टोमोलोजी जर्नलमा ‘हामी किन मौरीलाई माया र अरिङ्गाललाई घृणा गर्छौं’ भत्रे एउटा अनुसन्धानात्मक लेख प्रकाशित भएको पाइन्छ । सेइरिन सम्नर, जर्जिया ल र अलसान्ड्रो सिनीको संयुक्त रूपमा प्रकाशित उक्त लेखले मौरी र बारुलाको प्रकृतिमा खेल्ने भूमिका समान रहेको उल्लेख गरिएको छ । यिनीहरुले बिरुवालाई परागसेचनमा सघाउँछन् । विशेष गरेर मौरीले परागसेचनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अरिङ्गाल÷बारुला चाहिँ किरा–फट्याङ्ग्रा खाएर खेतीपातीमा सघाउँछन् । अरिङ्गालले बालीमा लाग्ने किरा खाएर कीट नियन्त्रणको काम गर्ने उल्लेख छ ।

सो अनुसन्धानले ४५ देशका सात सय ५० जना मानिसहरूमा गरेको सर्वेक्षणमा सहभागीले अरिङ्गाल भत्रे बित्तिकै उनीहरूको टोक्ने ९खिल०, रिस उठ्दो र खतरनाक किरा सम्झिए भने मौरी भत्रे बित्तिकै मह र परागसेचन सम्झिएको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयका कीटविज्ञ दयाराम भुसालका अनुसार अरिङ्गालहरू विशेषतः जङ्गलमा बस्ने स्वभावका हुन्छ  । अरिङ्गालले आफूलाई चाहिने सीमित मात्रामा मह उत्पादन गर्छ  ।

मौरी र अरिङ्गाल दुवै उस्तै भए पनि टोकाइ फरक हुने भुसालले बताउनुभयो । मौरीले एक पटकमात्रै टोक्छ, जुन उसका लागि हानिकारक हुन्छ । कारण खिलसँगै मौरीको पाचन प्रणालीको केही भाग नशा छाड्ने गर्छ । अरिङ्गाल÷बारुलाले पटकपटक टोक्ने भएकाले मानिसलाई विभित्र प्रकारको दुष्प्रभाव पर्छ । एकै पटक धेरै प्रकारको एलर्जीको सामना गर्नुपर्ने भएकाले प्रतिरोध गर्न नसक्ने अवस्था हुने अनुसन्धानहरूमा देखाइएको छ । मौरी तथा अरिङ्गालका खिलमा विशेषगरी मेलिटिन र एपामिन नामक पदार्थ रहेको हुन्छ ।

मेलिटिन एउटा विषालु पदार्थ भएकाले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र मार्ने काम गर्छ भने एपामिन रक्तनली हुँदै दिमागसम्म पुग्ने र रक्तसञ्चारमा अवरोध गर्ने अनुसन्धानहरूमा पाइएको छ । बारुला÷अरिङ्गालहरूमा फोसपोफोलिएज–ए, बी, अर्लाम फोरोमोन्स, ह्यालारोनिडेज, एमसिडी पेप्टाइड, वास्प काइनिन, हिस्टामाइन, सेरोटोनिन, डोपामाइन जस्ता तत्वहरू पाइन्छ  ।

संसारमा १७ हजार प्रजातिका मौरीको पहिचान भएको छ भने नेपालमा छ प्रजाति पाइन्छन् । तिनमा चार रैथाने प्रजातिका पर्दछन् । नेपालमा बारुला/अरिङ्गाल भने ११ प्रजाति पाइन्छ  । यी प्रजाति असार-साउनदेखि मङ्सिर-पुससम्म सक्रिय हुने त्रिवि जीवविज्ञान विभागबाट गङ्गा काफ्लेले गरेको शोधपत्रमा उल्लेख गरिएको छ ।

अरिङ्गालको जीवन चक्र

अरिङ्गालको जीवन चक्र मौरी, पुतली, झिँगा जस्तै फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट वयस्क बत्रे गर्दछ । सबैभन्दा पहिले एक अरिङ्गालले आफू मात्र अट्ने सानो चाका बनाएर दुई÷चारवटा फुल पारी बाहिरपट्टि रूखका बोक्राको धुलोको लेप बनाएर टाल्छ । फुलबाट विभित्र अवस्थाहरू पार गरेर १५ देखि २० दिनमा दुई चारवटा अरू वयस्क अरिङ्गाल थपिन्छन् । यसैगरी जति जति अरिङ्गालको सङ्ख्या बढ्दै जान्छ गोलाको आकार पनि त्यति ठूलो हुँदै जान्छ ।

अरिङ्गालको गोलोको आकार हेरेर योभित्र बस्ने अरिङ्गालहरू धेरै छन् अथवा थोरै छन् भनेर सजिलै अनुमान लगाउन सकिन्छ । अरिङ्गालहरू एक गोलोमा एक वर्षसम्म बस्छन् । पुस/माघमा चिसो मौसमका कारण अरिङ्गालहरु गोलो छाडेर अलग अलग जान्छन् । कति त मर्छन् पनि । गर्मी सुरु भएलगत्तै बचेका अरिङ्गालले छुट्टाछुट्टै गोला बनाउँछन् । अरिङ्गालहरुले मौरी, झिङ्गा आदि किराहरूलाई आफ्नो आहार बनाउँछन् ।

अरिङ्गाल भित्र जातअनुसार ठूला रूखका टुप्पा, भिर पहरा, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर बस्ने गर्छ । विशेषतः कालो अरिङ्गाल, रातो अरिङ्गाल र लाटा अरिङ्गाल रूखमा गोला बनाएर बस्छन् । भिरपहरा, टोड्का, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर गोला लगाउने गर्छन् ।

पहाडी जिल्लामा जङ्गल र खेतबारी वरपर रूख, ओडार, भिरपहरा ठूला भवनहरूमा वर्षायामसँगै अरिङ्गालले गोलो लगाउने गर्दछन् । पहाडी भेकमा विशेषगरी दुई खालका अरिङ्गाल हुन्छन् रातो र कालो । राता अरिङ्गालहरू सिधा हुन्छन्, जो गोलोनजिकै गएर चलाउँदा पनि हत्तपत्त चिल्दैनन् भने अर्को काला अरिङ्गाल जो देख्नमा हल्का रातो कालो हुन्छन् । अरिङ्गाललmाई चलाउनु त के आफ्नो गोला भएको रूखको वरपर आएर हल्ला गर्नेसम्मलाई पनि टोकी हाल्छ ।

अरिङ्गाल कालो हो कि रातो भनी यसको गोलोको रङ्गबाट पनि थाहा पाउन सकिन्छ । राता अरिङ्गालका गोलाहरू खैरो र फुस्रो रङ्गका हुन्छन् भने कालो अरिङ्गालका गोला घर पोत्ने रातो माटोजस्तै चहकिलो राता हुन्छन् । अरिङ्गालले आफ्नो गोला बनाउन लालीगुराँस र अयाँरको नरम बोक्रा प्रयोग गर्दछन् र सावधानी नअपनाउँदा हरेक वर्ष अरिङ्गालको टोकाइबाट मृत्युका समाचार आइरहन्छन् ।

अरिङ्गालको प्रयोग

विषालु अरिङ्गाल, वछ्युँ, बारुलोको मह त हुँदैन तर लार्भाको परिकार बनाएर खाने प्रचलन गाउँघरमा लोकप्रिय छ । पछिल्लो ससयमा अरिङ्गालका लार्भाको व्यापार पनि गर्ने गरेको देखिन्छ । लार्भा र उड्न नसकेका बच्चा राम्रो मूल्यमा खरिद बिक्रीसमेत हुँदै आएको स्थानीयहरु बताउँछन् । चाकालाई झोलामा राखेर घर ल्याएपछि पोल्ने वा उमाल्ने गरिन्छ ।

चाकालाई पोल्दा वा उसिन्दा बच्चा ढाडिनाका साथै बच्चा छोप्ने ढक्कन डढेर नष्ट भई चाकाबाट बच्चा निकाल्न सजिलो हुन्छ । बच्चा निकालेर भित्रको फोहोर वस्तु फालिन्छ र तेलमा भुटेर खाने गरिन्छ । अरिङ्गाल काढेपछि छिमेकमा बाँडेर खाने चलन छ । पहिला त गाउँलेले मात्रे जनहरुलाई समेत अनिवार्य भाग पु¥याउने रीति रहेको थियो ।

अरिङ्गालको सिकार किरात राई जातिमा निकै लोकप्रिय मानिन्छ । किरात राई जातिमा लोकप्रिय परिकारमा पर्ने अरिङ्गाल, तरकारीको वा सितनका रूपमा खाने चलन छ । यति मात्र होइन, उनीहरूले माङ ९देवता० लाई पनि चढाउने आएको फक्ताङलुङ गाउँपालिका—६ राजकुमार राईको भनाइ रहेको छ । किरात राई जातिका माङ भनेको आफ्ना मृतात्मा पुर्खा अर्थात् पितृहरू हुन् । किरात राई जातिमा अरिङ्गालको महत्व रहेको छ ।

अरिङ्गाल काढ्ने समय

सामान्यतः अरिङ्गाल काढ्ने समय पनि निश्चित हुन्छ । साउन वा भदौमा नुवागी पुजेपछि मात्र अरिङ्गाल काढ्ने चलन रहिआएको छ । त्योभन्दा अगाडि अरिङ्गाल काढ्न मिल्दैन, काढेमा पितृहरू रिसाइ सुब्बेफाब्बे हुँदैन भन्ने विश्वास रहेको छ ।

अरूको बारी वा खेतको अरिङ्गाल विनाअनुमति काढ्न मिल्दैन । सामान्यतः साउन अन्तिमबाट सुरु गरेर भदौ, असोजदेखि कात्तिक र मङ्सिर महिनासम्म अरिङ्गाल काढ्ने चलन छ । यसमा पनि असोज महिनाको पूर्णिमा तिथि पारेर काढ्न सकेमा बढी बच्चा हुन्छ भत्रे विश्वास रहेको मेरिङदेन गाउँपालिका—३ का शेखर लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार कहिले काढ्ने भत्रे कुरा निजी बारी, खेत वा सार्वजनिक जङ्गल के हो त्यसमा भर पर्दछ ।

यसरी लोप हुँदैछ अरिङ्गाल

परम्परागत प्रविधिबाट अरिङ्गाल पोल्दा गोलाको बाहिरी कुट जलेर नष्ट भएपछि चाका मात्र बाँकी रहन्छ । गोलाभित्र रहेका माउहरु सबै आगोले जलाइन्छ । अरिङ्गालको गोलोको एक छेउमा एउटा दुलो राखेको हुन्छ । त्यही दुलोबाट अरिङ्गालका माउहरु आउजाउ गर्दछ । गाउँघरमा अरिङ्गाल काढ्दा त्यही दुलोमा रागो (बाँसका मसिनो भाग) बालेर अरिङ्गालको गालो पोल्ने प्रचलन रहिआएको छ । यसरी अरिङ्गाल पोल्दा अरिङ्गालको माउ सबै जलेर मर्ने गर्दछ ।

गाउँगाउँमा आगोले पोल्ने, अरिङ्गालको कोलोमा मट्टितेल, डिजेल तथा पेट्रोल छर्की आगो लगाएर अरिङ्गाल काढ्ने परम्पराले अरिङ्गाल मासिदै गएको फक्ताङलुङ गाउँपालिका—६ का वसन्त लिम्बू बताउनुहुन्छ । पछिल्लो समयमा विषादीहरुको प्रयोग र वायु प्रदूषण तथा वनजङ्गल डढेलोजस्ता कारणले अरिङ्गाल सङ्कटमा पर्दै गएको जैविक विविधता क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुहुने हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईको भनाइ छ । रासस