२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसेडर राजेश हमाल युएईमा



अ+ अ-

काठमाडौं । इसेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा युएई पुगेका नायक राजेश हमालले युएईका लागि नेपालका राजदुत कृष्ण प्रसाद ढकालसंग भेटवार्ता गरेका छन्।

भेटका क्रममा हमालले राजदुत ढकालसंग इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश अभियानको अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए। साथै, हमाल र राजदुत ढकालवीच वैधानिक रुपमा बैंक खाता र मोबाइल वालेटमा पठाइने डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्धन गर्ने बिषयमा समेत छलफल भएको थियो।

इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानको पूर्ण सफलताको कामना गर्नुहुँदै राजदुत ढकालले वैधानिक रेमिट्यान्सलाई बढावा दिने अभियानमा आफ्नोतर्फबाट पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हमालले दुबई र अबुधावी शहरमा रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा तथा वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु बस्ने क्याम्पमा गएर इसेवा मनी ट्रान्सफरको “मेरो डिजिटल देश” अभियानबारे जानकारी दिनुका साथै विदेशबाट वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे अवगत गराएका थिए। हमाल ब्राण्ड एम्बेसेडरको रुपमा इसेवा मनी ट्रान्सफरसंग आवद्ध रहेका छन् र सक्रिय रुपमा देश तथा विदेशमा “मेरो डिजिटल देश“ अभियानको प्रवर्धनमा क्रियासिल रहेका छन्।