४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नुन बुझेर प्रयोग गरे औषधी नत्र विष

विशेष गरी प्याकेटमा राखिएका खानेकुराहरुमा नुन बढी भएकोले यस्ता खाना नखाएकै बेस

नुन बुझेर प्रयोग गरे औषधी नत्र  विष
अ+ अ-

‘काटेको घाउमा नुन चुक’ लगाउनुको अर्थ दुःखी मान्छेलाई झन् दुस्खी पार्नु भन्ने अर्थ लाग्छ। राजाको नुन खानु को अर्थ सरकारी सेवा गरेको भन्ने बुझिन्छ । ‘नुन खाएको कुखुरा’ जस्तो भन्दा कुनै समस्या परेर उदास भएको मान्छे भन्ने बुझिन्छ।

नुन सँग यस्ता धेरै उखान टुक्का गाँसिएका छन् । नुन भान्छामा नभई हुँदैन तर धेरै पनि हुनुहुँदैन भन्ने विचार गर्नुपर्छ ।

नुन नभएको खाना कति बेस्वादिलो हुन्छ विचार गर्नुस् त ?। तर धेरै नुन भएपछि फेरि अनेक समस्या आइपर्छन्।

मैले दुइ वर्षअघि देखि नै ढिके नुनको प्रयोग गर्न सुरु गरेकी थिएँ । एकजना पोषणविदले मलाई ‘आयो नुन’ मा हाम्रो शरीरलाई चाहिने भन्दा आयोडिन हालिएको छ भनेपछि मेरो भान्छाबाट ‘आयो नुन’ हट्यो

टि.भी विज्ञापनमा कहिलेकँही आउँछ–’के तपाईको मञ्जनमा नुन छ’ ? मञ्जनमा नुनको प्रयोग हुने कुरालाई धेरै जनाले अचम्मको रुपमा लिन्थे होला । तर दाँत स्वस्थ राख्न नुन एउटा औषधी मानिन्छ । भन्ने कसैलाई थाहा छैन । गिजा दुखेको बेला मनतातो पानी र नुनले कुल्ला गर्न भन्नेकुरा यही कारणले हो।

प्राचीनकालदेखि नै मासु र खानेकुरालाई लामो समयसम्म सुरक्षित राख्न नुन प्रयोग गरिन्थ्यो । ग्रीक सम्यतामा नुनलाई यति धेरै महत्व दिएको थियो कि दासहरूका किनबेच पनि नुनमा हुन्थ्यो । प्राचीनकालमा पनि रोमन सिपाहीहरूलाई तलब दिंदा नुन पनि सँगै दिइन्थ्यो भन्ने कथन पाइन्छ।

मंगोलियामा मानिसहरू आफ्ना सुन, चाँदीसँग नुन साट्थे । नेपालमा पनि पहिले पहिले मानिसहरू भोटबाट नुन ल्याउँथे भन्ने सुनिएको हो।

प्राय: प्याकेटका खानेकुरामा नुने धेरै लुकेकोे हुन्छ । तर हामीलाई थाहा हुँदैन । स्वास्थकर्मीहरू भन्छन् नुनको बढी प्रयोग गर्न हुन्न ।

विशेष गरी प्याकेटमा राखिएका खानेकुराहरुमा नुन बढी भएकोले यस्ता खाना नखाएकै बेस । तर खानेकुरा बनाउने कम्पनीहरू चाही यो कुरालाई स्वीकार्दैनन् । खानेकुरामा नुनको बढी प्रयोग गर्दा नुन नै विष बन्न पुग्छ ।

एकतिर बढी नुनले स्वास्थ समस्या ल्याउछ तर नुन चिनी पानीले फेरी पखाला लाग्दा जीवन बचाउँछ भन्ने कुरा त सर्वविदितै छ । त्यसैगरी लामो समय हिडेपछिबढी थकाई लागेका बेलामा, पसिना धेरै गएका बेलामा नुन र कागती पानीको प्रयोग गरिन्छ ।

थाकिने, पिडौँला बाँउडिने जस्तो हुँदा हुन्छ । त्यो बेलामा अलिकता पानीमा अलिकति नुन र कागतीको रस हालेर खाए शरीरमा फुर्ती आउँछ।

त्यसैगरी गाउँघरमा पनि आधुनिक (औषधीहरु नपाउँदा ) मनतातो पानीमा नुन हालेर त्यसैले घाउ सफा गर्ने चलन छ । रुघाखोकी लाग्दा, घाँटी दुख्दा मनतातो पानीमा नुन हालेर दिनमा ४–५ चोटी घाँटीमा गार्गल गर्दा दुख्न कम हुने धेरैको अनुभव छ । दाँत गन्हाउँदा, गिजाबाट रगत आउँदा, नुन बेसार र अलिकता तोरीको तेल लिएर मुख कुल्ला गर्ने र मिदुणले गिजा सफा गर्ने गर्दा धेरै मानिसलाई फाइदा पुगेको छ ।

नुन एकतिर औषधी पनि हो । तर प्रयोग गर्न नजान्दा विषको काम पनि यसले गर्छ।

नुनको विभिन्न किसिमका प्याकेटहरुका खानेकुरा चिफ, चाउचाउ, बिस्कुट आदिमा पनि पर्याप्त मात्रामा हुन्छन र यस्ता खानेकुराहरुको प्रयोगले शरीरमा बढी नुन पुर्‍याउँछन् ।

अनि विभिन्न रक्तचाप, मिर्गौलाका समस्या भएका व्यक्तिहरू घरमा खाना खाँदा चाही खानेकुरामा नुन कम खान्छन् । तर बाहिरका खानेकुरामा भएका नुनको चाहीँ वास्तै गर्दैनन् र त्यसैले समस्या पनि बढाउँछ ।

टिनका विभिन्न बट्टामा राखेका खानेकुरा लामो समय सुरक्षित राख्न पनि नुनको प्रयोग गरिन्छ । त्यस्ता खानेकुराको प्रयोगले हानी त पुर्‍याउँछ नै पहिलेदेखि नै मिगौलाको समस्या रहेकामानिसलाई त झन बढी समस्या पर्छ।

औषधी

कहिले काही केही तातो खानेकुरा खाएपछि मुख भित्र पोल्छ । त्यो बेलामा मन तातो पानीमा अलिकति नुन हालेर एक दुई घण्टामा कुल्ला गर्नाले त्यो दुखाई आराम हुन्छ । नाक बन्द भएको बेलामा मनतातो पानीमा अलिकता नुन (नुनको स्वाद आफ्नो स्वाद जति मात्र हुनुपर्छ ।

नाकमा थोपा थोपा गरेर हाले नाक चाडैं खुल्छ । यो आँसुको स्वाद जस्तो भएको पानी साना नानीहरुको नाकमा हाल्दा फाइदा हुन्छ ।

त्यसैगरी मोजा र खुट्टा गनाउने व्यक्तिका लागि पनि नुनको प्रयोगले धेरै मद्दत गर्न सक्छ । मोजा फुकालेपछि मनतातो पानीमा नुन हालेर खुट्टा भिजाउने र औँलाको कापकापमा समेत नुन दल्ने र केही बेर तातो पानीमा खुट्टा राखेपछि सुख्खा पार्नाले खुट्टा गनाउन कम हुन्छ ।

जुका लाग्ने ठाउँमा जानुभन्दा अघि टिमुर र नुनको धुलो हात खुट्टामा दल्नाले जुका लाग्न धेरै कम हुन्छ । एकदिन धेरै थाकेर आउँदा पनि मातातो पानीमा नुन हालेर नुहाउनाले शरीरको दुखाई कम हुने अनुभव धेरै जनाले सुनाएका छन्।

रुघाखोकी लाग्दा तातोपानीमा नुन हालेर वाफ लिँदा शरीर हलुको हुन्छ । नाक बन्द भएको खुल्छ भन्ने कुरा पनि धेरैले अनुभव गरेकै हो ।

गर्भवती महिलाले वाकवाक लाग्दा कागती र अलिकति नुन चाट्नाले वाकवाक कम हुन्छ । त्यसैगरी बसमा जाँदा वाकवाक आउने व्यक्तिलाई पनि कागती र नुन खानाले वाकवाक केही कम हुन्छ ।

जानेर चाहिने मात्र प्रयोग गर्दा नुन औंषधी बन्न सक्छ