काठमाडौं । सुनसरी ४ को प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट नेपाल कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।
मतगणनाको पछिल्लो मत परिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याएका छन् ।
यस्तै, उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगदीश कुसियतले २३ हजार ४०४ मत ल्याएका छन् । उनीहरुबीच १३६ मतको अन्तर छ ।