२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ हजार सात सय बढीले भगबती चौधरीको अग्रता



अ+ अ-

सुनसरी, १२ मंसिर । नेकपा एमालेकी उम्मेदवार भगबती चौधरीले बर्जु गाउँपालिकाको ६ वटा वडाको मतगणना बाँकी रहँदा आफ्नो अग्रता कायमै राखेकी छिन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदारलाई करिब ४ हजार पाँच सयमै सिमित राख्दै चौधरीले अग्रता कायम राखेकी हुन् ।

पछिल्लो मत गणना अनुसार चौधरीले ३२ हजार ४ सय १७ मत प्राप्त गर्दा गच्छदार २७ हजार ६ सय ५६ मा रोकिएका छन् । अब बर्जु गाउँपालिकाको वडा नं. १ देखि ६ सम्म गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालय दुहवीले जनाएको छ ।

४ हजार ७ सय ६१ मतले चौधरी गच्छदार भन्दा अगाडी छिन् । अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनाली ६ हजार १ सय ५६ मत सहित तेश्रो स्थानमा छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ७४ हजार ५२ मत गणना हुँदा ७० हजार १ सय २६ मत सदर भएको छ । ३ हजार ९ सय २६ मत बदर भएको कार्यालयले जनाएको छ । अब १८ हजार ७ सय १४ मत गणना हुन बाँकी रहेको छ ।