२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुनावपछि देशभर संगीतको माहोल फैलाउन नेपथ्य तयार



अ+ अ-

काठमाडौं । संघीय र प्रादेशिक आमनिर्वाचन सम्पन्न भएपछि अब मुलुकभर संगीतको माहोल विस्तार हुनेभएको छ ।

यसै साताबाट सुरुहुने महिना दिन लामो राष्ट्रब्यापी साँगीतिक यात्राका लागि नेपथ्यको तयारी पुरा भएको छ भने उपत्यकाबाट बाहिरिन कलाकार, व्यवस्थापन तथा प्राविधिकहरुको टोली तयार अवस्थामा छन् ।

‘हाम्रा आ–आफ्ना विचार, आस्था र मान्यताले गर्दा चुनावमा स्वाभाविक तवरले जताततै मतान्तरका घेरा कोरिएको हुनुपर्छ,’ एक महिना लामो साँगीतिक देश दौडाहामा निस्कनुअघि नेपथ्य ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ लख काट्छन्, ‘अब फेरि सिंगो समाज एउटै सुत्रमा गाँसिनु जरुरी छ, जसलाई संगीतले मद्दत गर्न सक्छ ।’

अमृतका अनुसार मुलुक सशस्त्र द्वन्द्वमा फँसेको बेला नेपथ्य ब्याण्ड सरिक भइ ‘सुन्दर शान्त नेपाल’ र ‘शान्तिको लागि शिक्षा’ जस्ता अभियान चलाइएको थियो । त्यस अभियानले भयावह स्थितीमा पनि समाजलाई जोड्न मद्दत गर्छ भन्ने अनुभव उनलाई दिएको थियो ।

‘अघिल्ला दिनहरु हामीले जताततै पार्टीका झण्डाहरु देख्यौं,’ अमृत थप्छन्, ‘यो साताबाट सुरुहुने नेपालभरिको यात्रामा सम्पूर्ण दर्शकहरु रातो र चन्द्रसूर्यको झण्डा बोक्दै नाचेको हेर्न म आतुर छु ।’

यसरी देशको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसैसाता काठमाडौंबाट बाहिरिने भएको छ । ब्याण्डको पहिलो प्रस्तुती मंसिर १६ गते बिराटनगरमा हुनेछ । त्यसपछि क्रमशः पश्चिमतर्फ लाग्ने नेपथ्य टोलीले अन्तिममा काठमाडौं फर्केपछि पुस १६ गतेका दिन भृकुटी मण्डपका दर्शकहरु सामु प्रस्तुत हुँदै यो अभियानको बिट मार्नेछ ।

यसपाला नेपथ्यले देश दौडाहाका क्रममा साँगीतिक मनोरञ्जनको योजना मात्र बोकेको छैन । अब मानवताको प्रवद्र्धनका लागि आफूलाई मञ्चहरुमा उभ्याउने अठोट बोकेको नेपथ्यले सडकमा रहेका असहायहरुका निम्ति आश्रय थलो उभ्याउन कन्सर्टकै माध्यमबाट सहयोगसमेत जुटाउनेछ ।

आफ्ना गीतहरुलाई ‘मानवता प्रवद्र्धन अभियान’ सँग जोड्नका लागि नेपथ्यले मुलुकभर फैलिएको सामाजिक संस्था ‘मानव सेवा आश्रम’सँग हातेमालो गरेको छ ।

घर परिवार र आफन्तविहीन भइ वा परिवार र समाजबाट अपहेलित भइ मानशिक रोग लागेका मानिसहरुको सेवामा समर्पित विशुद्ध मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दसकयता सक्रिय छ । यो संस्थाले तीन वर्ष भित्रमा सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ ।

‘नेपथ्यको कन्सर्टलाई सफल तुल्याउन ७७ वटै जिल्लामा रहेका हाम्रा स्वयंसेवीहरु परिचालित गरिनुका साथै देशभरि नै टिकट विक्री खुला भइसकेका छन्,’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘प्रचारप्रसारका विभिन्न माध्यमहरु प्रयोग गर्नेदेखि लिएर अनलाइनबाटै टिकट काट्न सकिनेसम्मका प्रवन्धहरु मिलाइसकेका छौं ।’

अधिकारीका अनुसार यी कन्सर्टहरुको टिकट मानव सेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी डट एनपी ९mकब।यचन।लउ० मार्फत सोझै काट्न सकिन्छ । त्यसैगरि नेपथ्य ब्याण्डको वेबसाइट ९लभउबतजथब।अयm।लउ० बाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ ।

यो चुनाव सकिएपछिको समय मात्र होइन, खेती किसानी गर्ने देशभरिका कृषकहरु धान काटेपछिको फुर्सदमा रमाउन खोज्ने क्षण पनि हो। स्वयं नेपथ्यका मुख्य गायक अमृत पनि यतिबेला उनको कास्कीस्थित गोठमा फलेका धानको दाईं सिध्याएर कन्सर्टका निम्ति आफुलाई तयार पारिरहेका छन् ।

१६ गते बिराटनगरको हाटखोला मैदानमा पहिलो कन्सर्ट आयोजना हुनेछ । उक्त कन्सर्टका लागि नेपालको धरान र दमक मात्र नभइ भारतदेखिका इच्छुक दर्शकहरुको टेलिफोन आउन थालिसकेको छ । मानवसेवा आश्रम बिराटनगरकी संयोजक पार्वती तिवारीका अनुसार आसामबाट पनि दर्शकहरुले आफुहरुका निम्ति टिकटको माँग गरिसकेका छन् भने सिमानापारिका अन्य दर्शकहरुको पनि सन्देश प्राप्त भइरहेको छ । यसरी पूर्वी नेपालको केन्द्र बिराटनगरबाट सुरुहुने यात्रा त्यसपछि क्रमशः १९ गते वीरगन्जको ‘आदर्शनगर रंगशाला’, २२ गते हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’, २५ गते नारायणघाटको ‘क्याम्पाचौर’ हुँदै मंसिर महिनाको अन्तिम शो २९ गते नेपालगन्जको रंगशालामा पुग्नेछ ।

पुसको ३ गते ब्याण्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ ।

त्यसपछि थोरै मास्तिर उक्लेर ब्याण्ड वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गतेका दिन कर्णाली प्रदेशका श्रोतासामु उपस्थित हुनेछ । त्यसपछि फर्किएर बुटवल आइपुग्ने टोलीले त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा ९ गते आफूलाई प्रस्तुत गर्नेछ ।

त्यसपछि नेपथ्य यात्राले ब्याण्डलाई उसको ‘होम ग्राउण्ड’मा प्रवेश गराउनेछ । पुसको १२ गते मंगलबारका दिन ब्याण्डले पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याउने भएको छ ।

यसरी मुलुकका सम्पूर्ण प्रदेशहरु घुमिसकेपछि अन्तिममा ब्याण्ड संघीय राजधानी काठमाडौं आइपुग्ने योजना तय गरिएको छ । नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्दैछ ।

‘चुनाव र खेतीपातीको चटारोले थाकेका श्रोताहरुलाई रमाइलो संसारमा लैजान हामीले सकेसम्म भब्य र व्यवस्थित मनोरञ्जनको प्रवन्ध मिलाएका छौं,’ नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘उच्च स्तरको प्रविधिसहित खुला आकाशमुनी आयोजना गरिने यी कन्सर्टहरु कतिपय जिल्लाका निम्ति पहिलो ब्यवस्थित मञ्चका रुपमा देखापर्नेछन् ।’