९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

कर्णाली प्रदेश: प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

कर्णाली प्रदेश: प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य
अ अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी केन्द्र) का रनसिंह परियार निर्वाचित हुनुभएको हो ।

उहाँले हुम्ला प्रदेश(१) का स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पछि पार्दै विजयी हुनुभएको थियो । उहाँले छ हजार चार सय ८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले चार हजार छ सय ३० मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रबाट उहाँले प्रत्यक्षमा जिते पनि अन्य दलले दलित प्रतिनिधि उठाएनन् ।

नेपाली कांग्रेस, एमाले र माओवादीले प्रदेशसभा सदस्यका लागि महिलालाई टिकट दिएनन् 

साना दलहरुमा एकमात्र दल नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नं १ को (२)मा मनकली रामजाली, क्षेत्र नं २ को (१)मा बिजुकला राना र दैलेख क्षेत्र नं १ को (२)बाट लक्ष्मीकुमारी सिंहलाई प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षमा उठाएको थियो । उक्त निर्वाचनमा रामजालीले ६३, रानाले तीन सय छ र सिंहले दुई सय दुई मत मात्र ल्याएर पराजित हुनुभयो ।

जित्ने सम्भावना भएका कुनै पनि ठूला दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार नबनाएको अधिकारकर्मी पवित्रा शाहीले टिप्पणी गर्नुभयो । “महिला प्रत्यक्षमा चुनाव लड्न सक्दैनन् जस्तो गरेर टिकटबाट वञ्चित गर्नु संविधान विरोधी कार्य हो”, शाहीले भन्नुभयो, “आगामी दिनमा यसलाई सशक्त मुद्दाका उठाउनुपर्दछ ।”

माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले महिलाहरु प्रत्यक्षमा टिकट लिएर जित्ने क्षमता राख्न सक्छन् भन्ने उदाहरण देशैभरि देखिसकिएको बताउनुभयो । “सामान्यतः महिलाले टिकट नपाएका भन्ने चाँहि होइन तर संवैधानिक व्यवस्थाबमोजिम न्यायिक बन्न सकेन”, उहाँले भन्नुभयो, “कर्णाली प्रदेशसभा सदस्यमा सबै पार्टीले प्रत्यक्षमा महिला उम्मेदवार उठाउने सवालमा निकै ठूलो अन्याय भएको हो ।”

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्का अनुसार एमालेको एक लाख ८३ हजार नौ सय ५०, नेपाली कांग्रेसले एक लाख ७० हजार सात सय ५६, नेकपा (माओवादी केन्द्र)ले एक लाख ३७ हजार छ सय २९, नेकपा (एकीकृत समाजवादी)ले ३५ हजार आठ सय २६, राप्रपाले २५ हजार एक सय ८६, नेमकिपाले आठ हजार नौ सय ९३ र नेकपा (माले)ले तीन हजार ९९ समानुपातिक मत प्राप्त गरेका छन् ।

अन्य दलरुले दुई हजारभन्दा कम मत ल्याएका छन् । सबै दलहरु गरेर कर्णाली प्रदेशमा पाँच लाख ७६ हजार एक सय ६७ समानुपातिक मत प्राप्त गरेको आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रत्यक्षमा २४ सिट भएको प्रदेशमा सबै पुरुषहरुले जितेर आएका छन् । प्रदेशसभामा ४० सदस्य रहने व्यवस्था छ । यसमा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था छ । चालीस सदस्यीय प्रदेशसभामा विभिन्न दलहरुबाट ३३ प्रतिशतका हिसाबले १३ महिला प्रदेशसभा सदस्यको कोटा अब त्यही समानुपातिक मत प्राप्त गरेका आधारमा पूर्ति हुनेछ ।रासस