२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशका जसपा ३ मन्त्रीको सांसद पद गुम्यो



अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका तीनजनाले सांसद पद गुमाएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद् सदस्य रहेका  सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी पत्र पठाएपछि प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै उनीहरूलाई पदमुक्त गरेको हो ।

उनीहरु प्रदेशसभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न जारी गरेको ह्वीप उल्लंघन गरेको आरोपमा जसपाको कारवाहीमा परेका थिए । 

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बिहीबार लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभालाई कारवाहीको पत्र पेश गरेको थियो ।