२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकताका नाममा विधान विपरितका कुनैपनि प्रस्ताव मान्य हुँदैन: महासचिव पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टी एकताका लागि विधान विपरितका कुनैपनि प्रस्ताव मान्य नहुने बताउनु भएको छ ।

साउन १५ का अवसरमा पार्टी मुख्यालयमा खीर खाने कार्यक्रममा महासचिव पोखरेलले पत्रकारहरुसंग भन्नुभयो, ‘विधानका कुरा गर्ने तर एकपछि अर्को प्रस्ताव ल्याउँदा तिनलाई स्वीकारेर जाने अवस्था हुँदैन। धेरै पर्खने कुरा भएन। पार्टीलाई धेरै बेर पर्खाएर अन्योलपूर्ण बनाएर राखिन्न ।’

पार्टी एकताका लागि अध्यक्ष केपी ओली हदैसम्म लचक हुनुभएको उल्लेख गर्दै पोखरेल अर्को पक्षबाट एकमाथि अर्को सर्त थपेर बिथोल्ने प्रयासमा रहिरहेको आरोप लगाउनु भयो । उहाँले पार्टीमा माग र प्रस्ताव विधिसम्मत एवम् संस्थागत पद्धतिगत रूपमा आउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अधिकतम कोसिस गर्ने नाममा अनन्त अनिश्चितताको अवस्था रहँदैन।’ कार्यदलको प्रस्ताव नै पार्टीको स्थायी कमिटि र केन्द्रीय कमिटिले ग्रहण गरेकाले त्यही अनुरुप मात्र पार्टी अगाडी बढ्ने र त्यसलाई सबैले पालना गर्नुपर्ने बताउनु भयो ।