२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ १ः एकीकृत समाजवादीका चौधरी विजयी



अ+ अ-

दाङ । दाङ क्षेत्र नं १ मा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मेटमणि चौधरी २५ हजार तीन सय ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का शान्ता चौधरीले २० हजार एक सय ३५ मत प्राप्त गर्नुभएको मतदान अधिकृत मानबहादुर विष्टले जानकारी दिनुभयो । उहाँहरुबीच पाँच हजार दुई सयको मतान्तर रहेको छ । त्यस्तै स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार सात सय ९४ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार सात सय मत खसेको थियो । दाङ–१ को प्रदेशसभा (१)मा नेकपा (माओवादी केन्द्र)का इन्द्रजित थारू निर्वाचित हुनुभएको छ । उहाँले एक हजार सात सय ७५ मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १३ हजार पाँच सय पाँच मत प्राप्त गर्नुभयो भने एमालेका गङ्गाराम भट्टराईले ११ हजार सात सय ३० मत प्राप्त गर्नुभएको छ ।

थारू लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री हुनुहुन्छ । यसअघि एमालेसँग तालमेल गरेर चुनाव जित्नुभएका थारू यसपालि गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । सो क्षेत्रमा ४० हजार एक सय छ मत खसेको थियो ।