९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

को हुन् एमालेका शेरबहादुर तामाङलाई हराउने मोहनबहादुर बस्नेत ?

को हुन् एमालेका शेरबहादुर तामाङलाई हराउने मोहनबहादुर बस्नेत ?
अ अ+ अ-

सिन्धुपाल्चोक । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ मा पहिलोपटक नेपाली कांग्रेसलाई विजयी गराएका छन् ।

विसं २०५६ को आमनिर्वाचन र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित भएका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका बस्नेतलाई यसपटक गठबन्धनका कारण पार्टीले २ नं क्षेत्रबाट टिकट दिएको थियो । २ नं क्षेत्रमा पनि उनी भारी मतले विजयी भए । विकासप्रेमी नेताको छवि बनाएका बस्नेत विसं २०३४ देखि राजनीतिमा सक्रिय छन् ।

प्रजातन्त्र पुनःस्थापनाका लागि पटक–पटक गरी उनी करिब एक वर्ष जेल बसे । राजाको प्रत्यक्ष शासनकालमा करिब तीन महिना निर्वासनमा पनि बसे । करिब दुई दशक कांग्रेसको सिन्धुपाल्चोक सभापति रहेका बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

विसं २०१५ भदौ २७ गते खड्गबहादुर बस्नेत र कोमलमाया बस्नेतको सुपुत्रका रूपमा सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सानोपलातीमा जन्मिएका बस्नेत पञ्चायतकालमा विद्यार्थीकालदेखि नै प्रजातन्त्र पुनःस्थापनाका लागि सक्रिय भएका हुन् ।

राजनीतिसँगै शिक्षण, व्यापार, कृषि र पशुपालनमा पनि सक्रिय उनले प्रवेशिका परीक्षा दिने जिल्लाका धेरै विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षाको व्यवस्था गराएका थिए । बाढीपहिरो, भूकम्प, कोरोना महामारीजस्ता विपत्तिका बेला उनले सक्रिय भएर काम गरेका थिए । विशेषगरी कोरोना महामारीका बेला स्वास्थ्यचौकीमा स्वास्थ्य उपकरण उपलब्ध गराउन उनले विशेष सक्रियता देखाएका थिए ।

विसं २०५६ को निर्वाचनपछि स्वास्थ्य राज्यमन्त्रीका रूपमा काम गर्दा जिल्लालगायत देशभर स्वास्थ्य पूर्वाधार निर्माणमा उहाँले महत्वपूर्ण काम गरेका छन् । विसं २०७० को दोस्रो संविधानसभामा निर्वाचित भएपछि उनले २०७४ को निर्वाचन गराउने चुनावी सरकारकालमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कार्यभार सम्हालेका थिए । बस्नेतले लामो समय संसद्को सार्वजनिक लेखा समिति र राजनैतिक तथा संवैधानिक संवाद समितिमा पनि बसेर काम गरेका छन् ।

यसैक्रममा उनले अमेरिका, जापान, रसिया, बेलायत, फ्रान्स, इटाली, नेदरल्याण्ड, जर्मनी, अष्ट्रिया, स्वीजरल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, चीन, हङकङ, मलेसिया, फिलिपिन्स, भारत, पाकिस्तान, बङ्गलादेश, मकाउ, सिङ्गापुर आदि देशको भ्रमण गरेका छन् । कांग्रेसको केन्द्रीय खेलकुद विभाग प्रमुख भएर पनि उनले काम गरिसकेका छन् । बस्नेतको नेतृत्वमा सत्ता गठबन्धनले जिल्लामा ‘क्लिन स्वीप’ गरेको छ ।

बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले एमालेका शेरबहादुर तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएका थिए । तामाङले यसअघि २०७० र २०७४ मा यस क्षेत्रबाट निर्वाचन जितेका थिए । सिन्धुपाल्चोक–२ को प्रदेशसभा (१)मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा (२) मा कांग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन्् ।