२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातन्त्रमा नयाँ पार्टी जन्मिनु मामुली कुरा हो: अध्यक्ष ओली



अ+ अ-

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचनको परिणामले सरकार बनाउन गाह्रो हुने बताएका छन् ।

उनले आज झापामा सञ्चारकर्मीहरुसँग भने– पहिलो कुरा त अब सरकार गठन गर्न नै गाह्रो छ यदि सरकार बनाइयो भने पनि त्यो सरकार टिकाउन झन् गाह्रो छ ।

उनले अबको एक दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने भएकोले मुलुक अब अस्थिरताको जंजिरमा फसेको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले यो निर्वाचनको परिणामले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खतरा बढाएको पनि बताए । अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो ।

झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले नेकपा (एमाले) ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यस अनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलिजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुगर्ने अवस्था सिर्जना भएको बताए ।

उनले नयाँ स्वतन्त्र पार्टीको उदय मामुली कुरा भएको पनि टिप्पणी गरे । उनले भने– ए त्यो कुनै नयाँ पार्टी जन्मिनु मामुली कुरा हो, प्रजातन्त्रमा पार्टीहरु जन्मिरहन्छन्, यीनको टिकाउ ठूलो कुरा हो । नयाँ पार्टी जन्माउन नेपालका मिडियाको बढी नै कृपा रहेको आफूले देखेको पनि उनले बताए ।