२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा १ मा कांग्रेसका बजगाई विजयी



अ+ अ-

गोरखा । प्रतिनिधिसभा सदस्य गोरखा– १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं भारी मतान्तरले विजयी हुनुभएको छ । भर्खर सम्पन्न मतगणनामा उहाँले ३३ हजार चार सय २८ मत प्राप्त गरी प्रतिनिधिसभामा आफ्नो यात्रा तय गर्नुभएको हो ।

सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामशरण बस्नेतले १६ हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ ।

बजगाईंले एमालेका बस्नेतलाई १६ हजार छ सय ४३ मतको फराकिलो अन्तरले हराउनुभएको हो । विजयी बजगाईं वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । विसं २०७४ को प्रदेशसभाको निर्वाचनमा भने एमालेका बस्नेतसँग बजगाई पराजित हुनुभएको थियो । रासस