५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही –३ मा गृहमन्त्री खाणको अग्रता कायमै



अ+ अ-

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नो अग्रता कायमै राखेका छन् ।

जम्मा ३७ हजार ६ सय ८ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार खाणले १५ हजार ८७ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले १४ हजार दुई सय १६ मतका साथ पछ्याइरहेको सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिए ।

प्रदेशसभातर्फ ३ (१) मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे १२ हजार ७ सय ६७ मतका साथ अग्रता लिएका छन् भने जनता समाजवादी पार्टीका महेन्द्र यादवले नौ हजार तीन सय ३१मत प्राप्त गरेका छन् ।

यो क्षेत्रमा अहिलेसम्म दुई हजार तीन सय ७६ बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार ९७२ मत खसेको थियो ।