९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कृष्णकुमार श्रेष्ठ (किसान): दोस्रो पटक प्रतिनिधिसभामा

कृष्णकुमार श्रेष्ठ (किसान): दोस्रो पटक प्रतिनिधिसभामा
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) सङ्घीय संसद्, प्रतिनिधिसभामा दोस्रो पटक सदस्य बन्नुभएको छ ।

उहाँ बारा–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । व्यास नगरपालिका–४ तनहुँमा विसं २०२४ मा जन्मिनुभएका श्रेष्ठले सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवारी दिई २९ हजार पाँच सय मतसहित जित हासिल गर्नुभएको छ ।

श्रेष्ठले एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियाँलाई करिब १० हजार मतान्तरले पराजित गर्नुभएको हो । एकवालले भने १९ हजार चार सय ३९ मत प्राप्त गर्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र नेकपा (एमाले) मा एमाले प्रवेश गर्नुभएको थियो । बाबु केबलबहादुर श्रेष्ठ र आमा लेसकुमारी श्रेष्ठको कोखबाट जन्मिनुभएका श्रेष्ठले २०७४ सालको सङ्घीय संसद्को निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

विसं २०३८ मा अनेरास्ववियुको विद्यार्थी जिल्ला कमिटीमा आबद्ध भई विद्यार्थी राजनीति सुरुआत गर्नुभएका श्रेष्ठ राजनीतिमा आबद्ध हुुनुभन्दा पहिला व्यापार व्यवसायमा हुनुहुन्थ्यो । विसं २०५२ मा नेकपा (एमाले)को सदस्य रहनुभएका श्रेष्ठ एमाले तनहुँको सल्लाहकार हुँदै तनहुँ जिल्ला कमिटीमा आबद्ध हुनुहुन्थ्यो ।

व्यापारिक पृष्ठभूमिबाट सक्रिय राजनीतिमा लाग्नुभएका श्रेष्ठको राजनीतिक आबद्धता भने तीन दशकभन्दा बढी छ । भौतिक पूर्वाधारका क्षेत्रमा संलग्न उहाँ रेडक्रसलगायतका सामाजिक सङ्घसंस्थामा समेत आबद्ध हुनुहुन्छ ।