२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्सा १ मा जसपाका प्रदीप यादव निर्वाचित



अ+ अ-

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा)का प्रदीप यादव निर्वाचित भएका छन् ।

पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले २२ हजार ५ सय ३७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीले २० हजार ९ सय १७ मत पाए । तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६५१ मत ल्याए भने लोसपाका नेता लक्ष्मणलाल कर्णले १ हजार ११७ मत पाए ।

२०७४ को निर्वाचनमा पनि यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यतिबेला उनले २१ हजार १३२ मत ल्याएका थिए ।