३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु



file
अ+ अ-

मुगु । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण तीनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

“मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो”, उनले भने, “मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पुर्याइएको थियो ।”

प्रमुख जिल्ला अधिकारी महतले आज बसेको सर्वदलीय बैठकबाट राजनीतिक सहमति जुटाएर बिहान ८ः३० बजेदेखि मतगणना सुरु भएको बताए । उनका अनुसार मुगुमा ३४ हजार नौ सय ६२ मतमध्ये २६ हजार छ सय १५ (७४.४९ प्रतिशत) मत खसेको छ ।