२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुममा एमालेको अग्रता



अ+ अ-

तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभातर्पm नेकपा ९एमाले० ले अग्रता लिएको छ । एक हजार ३ मतगणना हुँदा एमालेका विजय सुब्बाले पाँच सय ६० मत प्राप्त गर्नुभएको छ । सुब्बाका निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सिता गुरुङले तीन सय ९७ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ तर्पm पनि एमालेका किशोरचन्द्र दुलालले अग्रता पाँच सय ५२ मतसहित अग्रता लिनुभएको छ । कांग्रेसका सन्तोष सुब्बाले तीन सय ८१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेकपा ९माओवादी केन्द्र० ले अग्रता लिएको छ । सो निर्वाचन क्षेत्रमा एक हजार दुई सय ३९ मतगणना हुँदा केन्द्रका दुर्गाप्रसाद चापागाईं ९सचिन० ले पाँच सय ३९ मत हासिल गर्नुभएको छ । एमाले तेजमान कन्दङवाले चार सय ८४ मत ल्याउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र १ को मतगणना छथर गाउँपालिका र प्रदेशसभा निर्वाचन क्षेत्र २ को आठराई गाउँपालिकाबाट मतगणना हुँदैछ । सदरमुकाम म्याङलुङस्थित सिंहवाहिनी माविभित्र तीन स्थानमा मतगणना भइरहेको छ । कूल ७१ हजार नौ सय ३३ मतदाता सङ्ख्या रहेको तेह्रथुममा ४१ हजार एक सय सय ८० जनाले मतदानमा भाग लिएका छन् । रासस