२८ भाद्र २०८३, आईतवार
,
Latest
सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीका कमिटीहरुलाई श्रावण ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले श्रावण ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै कमिटीहरुलाई श्रावण ३० गतेभित्र सबै वडा कमिटीको गठन गर्न र पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकमा आउने केन्द्रीय सदस्यहरुले प्रदेश कमिटीबाट अद्यावधिक विवरण लिएर आउन निर्देशन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘पार्टीका सबै कमिटीहरुलाई यहीँ श्रावण ३० गतेभित्र देशभरीका सबै वडा कमिटीहरु गठन गर्न र त्यसको अध्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरुले सम्बन्धित प्रदेशबाट लिई आउन निर्देशन दिने निर्णय पनि गरेको छ ।’

बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक १० दिन पर धकेल्ने निर्णय पनि गरेको छ । यसअघि पार्टीको केन्द्रीय कमिटी बैठक श्रावण २० गतेदेखि बस्ने भनिएपनि आवश्यक तयारी गर्न अझै केही समय लाग्ने भएकाले केन्द्रीय कमिटी बैठक श्रावण ३० गतेदेखि बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । सरकार गठनका लागि माओवादीको तर्फबाट पठाउने मन्त्रिहरुको सम्बन्धमा निर्णय लिन माओवादीको स्थायी कमिटी बैठक सोमबार(भोली) ३ बजे पुनः बस्ने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –‘स्थायी कमिटीको बैठक सरकार गठनको पूर्णता सम्बन्धी विषयहरुलाई छलफल गर्न भोली पुनः ३ बजे स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिएको छ । आज अध्यक्ष प्रचण्डले सम्बन्धित घटकहरुसँग छुट्टाछुट्टै र सामुहिक रुपमा पनि वार्ता गर्ने निर्णय पनि गरिएको छ ।’

बैठकले केही दिन अघि महाकाली नदिमा भारतिय एसएसबि नेपाली नागरिक तर्दातर्दैका तुइन खुस्काइदिएका कारण एकजना बेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीउपर कारबाही गर्न र भारत सरकारसँग गम्भिर आपत्तिसहित आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउन माग समेत गरेको छ । प्रवक्ता श्रेष्ठले भन्नुभयो – ‘समाचारमा आए अनुसार, सूचना प्राप्त भए अनुसार भारतीय एसएसबिको तुइन खुस्काईदिने गतिविधिको कारणले नै नेपाली नागरिकले महाकाली नदीमा खस्ने र बेपत्ता हुने स्थिति उत्पन्न भएको छ । त्यसका बारेमा तत्काल छानविन गरी सम्बन्धित व्यक्तिहरुलाई कारबाही गर्न र त्यसनिम्ति भारत सरकारसँग गम्भिर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाउन पनि माग गर्ने निर्णय गरेको छ ।’

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ प्रवक्ता श्रेष्ठले लुम्बिनी प्रदेश सरकारले संविधान र लोकतान्त्रिक मूल्य, मान्यताका विरुद्ध गतिविधि गरिरहेको भन्दै माओवादीले संवैधानिक ढंगबाट लोकतान्त्रिक मूल्य, मान्यता अनुरुपको नयाँ सरकार गठन गर्ने पहल गरिरहेको पनि बताउनुभयो ।