२१ मंसिर २०८२, आईतवार
,
Latest
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोक-२ मा कांग्रेसका बस्नेतको अग्रता कायमै



अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले एक हजार ९ सय ५२ मतले अग्रता लिएका छन् ।

लोकतान्त्रिक वाम-गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बस्नेतले छ हजार पाँच सय ९२ मत प्राप्त गरेका छन् । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले चार हजार छ सय ४० मत प्राप्त गरेका छन् ।

प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का युवराज दुलालले अग्रता लिएका छन् । दुलालले छ हजार छ सय ७२ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का अमान सिंह तामाङले चार हजार चार सय २९ मत पाएका छन् । दुलालले दुई हजार दुई सय ४३ मतको अग्रता लिएका हुन् ।