७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम विजयी



अ+ अ-

काठमाडौँ । कैलाली प्रतिनिधिसभा क्षेत्र नं ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी निर्वाचित भएका छन् ।

निकतम प्रतिस्पर्धी सत्तागठबन्धन दल नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीसँग पाँच हजार तीन सय ७१ मत अन्तरले २३ हजार एक सय २० मतसहित गङ्गाराम निर्वाचित भएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिए । नेकपा माओवादी केन्द्रका कृष्णकुमारले १७ हजार सात सय ४९ मत प्राप्त गरे ।

नेकपा एमालेका गौरीशङ्कर चौधरीले नौ हजार आठ सय ७४ मतसहित तेस्रो र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्र बमले सात हजार ४७ मत प्राप्त गरे । एक लाख सात हजार छ सय ५९ मतदाता सङ्ख्या रहेको उक्त क्षेत्रमा ६३ हजार चार सय ४० मत खसेको थियो ।

उक्त क्षेत्रमा चार हजार २१ मत बदर भएको छ । प्रतिनिधिसभा सदस्यको मतगणना सम्पन्न पछि अहिले प्रदेशसभा सदस्यको मतगणना जारी रहेको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले बताए ।