२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी कमिटी बैठक सकियो, भोलि फेरि बस्ने



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । ललितपुर स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा बसेको स्थायी कमिटी बैठक भोलि अपरान्ह ३ बजे पुनः बस्नेगरी सकिएको हो ।

आजको बैठकमा केन्द्रीय बिभागहरुको पूर्णता, बिधान महाधिबेशको तयारी, पार्टी सदस्यता नवीकरण र वितरण तथा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएपनि कुनै निर्णय भने भएन । आजको बैठकमा पनि नेता माधव कुमार नेपाल पक्षका नेताहरु सहभागी भएका थिएनन् ।