७ पुष २०८२, सोमबार
,
Latest
अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा ‘चियाको चुस्कीभन्दा चुनावी गफ मिठा’ सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ २ः कांग्रेसका भण्डारीको अग्रता कायमै, पछ्याउँदै गुरुङ



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर भण्डारीले अग्रता कायमै छ । आज बिहान ११ः३० बजेसम्म सार्वजनिक मतपरिणामअनुसार भण्डारीले १६ हजार चार सय ९६ मत प्राप्त गर्नुभएको छ ।

प्रतिस्पर्धी नेकपा (एमाले) का किरण गुरुङले १३ हजार सात सय ४८ मत प्राप्त गर्नुभएको छ । हालसम्म ३६ हजार एक सय आठ मतगणना सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले दुई हजार तीन सय ५४ र राप्रपाका नरेन्द्रप्रताप महतले पाँच सय सात मत प्राप्त गर्नुभएको छ ।

प्रदेश (१) तर्फ नेकपा (माओवादी केन्द्र)का राजेन्द्रकेशरी न्यौपानेले अग्रता लिनुभएको छ । न्यौपानेले छ हजार छ सय ३७ मत प्राप्त गर्दा नेकपा (एमाले)का श्यामराजा महतले पाँच हजार नौ सय १९ मत प्राप्त गर्नुभएको छ । प्रदेश (२) तर्फ नेपाली कांग्रेसका जीतप्रकाश आलेले पाँच हजार पाँच सय ६० र नेकपा (एमाले)का केदार सिग्देलले चार हजार आठ सय ३७ मत प्राप्त गर्नुभएको छ ।