२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ६ मा कांग्रेस र ५ मा स्वतन्त्रको अग्रता कायमै



अ+ अ-

मोरङ । मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर कोइरालाले एक हजार सात सय ७७ मत ल्याउनुभएको ।

मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले चार हजार छ सय ९६ मतगणनामा गर्दा नेकपा ९एमाले०का लालबाबु पण्डितले एक हजार छ सय ३२ र राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले पाँच सय १३ प्राप्त गर्नुभएको छ ।

यसैगरी क्षेत्र नं ६ (१) प्रदेशसभातर्फ एमालेकी रीता न्यौपाले एक हजार नौ सय ४६, नेकपा (माओवादी केन्द्र)का जीवन आचार्यले एक हजार चार सय १२ र राप्रपाका हीरा भट्टराईले आठ सय ५७ मत ल्याउनुभएको छ । उहाँहरुले चार हजार छ सय ६९ मतगणना गर्दा उक्त मत प्राप्त गर्नुभएको हो ।

यस्तै क्षेत्र नं ५ प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल ९जोगी०ले तीन हजार छ सय ९३,जसपा नेपालका राजकुमार यादवले तीन हजार दुई सय ९४ र नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डलले तीन हजार एक सय २२ मत प्राप्त गर्नु भएको छ ।

उहाँहरुले १२ हजार तीन सय ८२ मतगणना गर्दा उक्त मत प्राप्त गर्नुभएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।

यसैगरी क्षेत्र नं ५‘क’ प्रदेश सभातर्फ कांग्रेसका गयानन्द मण्डल गनगाईले पाँच हजार छ सय १८, एमालेका सन्तोषकुमार साहले चार हजार आठ सय ९९ र स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले दुई हजार एक सय ७४ मत ल्याउनु भएको छ । उहाँहरुले मतगणना भएको १५ हजार आठ सय १३ मा उक्त मत प्राप्त गर्नुभएको हो ।

मोरङ ४ मा अग्रता मोरङ ४ को प्रतिनिधिसभा सदस्य तर्फ सत्ता गठबन्धन दलका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदीले पाँच हजार सात सय ९२ मत ल्याउनुभएको छ ।

जिल्ला प्रमुख निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी बुढाथोकीले सार्वजनिक गर्नुभएको मत परिणामअनुसार एमालेका विनोदप्रसाद ढकालले चार हजार एक सय ४९ र राप्रपाका रबी रिजालले तीन सय २६ मत प्राप्त गर्नुभएको छ । उहाँहरुले मतगणना भएको ११ हजार चार सय ७९ मा सो मत प्राप्त गर्नुभएको हो ।

यसैगरी क्षेत्र नं ४९क० प्रदेश सभातर्फ सत्ता गठबन्धनतर्फबाट कांग्रेसका गुरुराज घिमिरेले चार हजार एक सय ३६, एमालेका जयप्रकाश चौधरीले तीन हजार चार सय सात र राप्रपाका आशनारायण माझी थारुले छ सय ९९ मत ल्याउनुभएको छ । नौ हजार एक सय १७ मतगणना सम्पन्न भएको छ ।