५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुवाकोट क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि



अ+ अ-

त्रिशूली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले)का उम्मेदवार र क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसको अग्रता कायम रहेको छ ।

जारी रहेको मतगणनाअन्तर्गत क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ छ हजार चार सय ६३ मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले दुई हजार छ सय ५८ मत ल्याउनुभएको छ भने नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हितबहादुर तामाङले दुई हजार तीन सय २१ मत र राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार डा प्रद्युम्न महतले सात सय एक मत प्राप्त गर्नुभएको छ ।

उक्त क्षेत्रमा ककनी गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र ८ को गणना सम्पन्न भएको छ । सोही निर्वाचन क्षेत्रको प्रदेशतर्फ प्रदेश २ मा दुई हजार दुई सय ४७ मतगणना हुँदा एमालेका पूर्णलाल श्रेष्ठले नौ सय ७९ मत, नेपाली कांग्रेसका रमेशकुमार महतले आठ सय चार मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले दुई सय ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी भयो ।

क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार अगाडि
निर्वाचन क्षेत्र नं २ र उक्त क्षेत्रको प्रदेश १ मा जारी रहेको मतगणनामा सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभातर्फ तीन हजार आठ सय ६० मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले दुई हजार ७६ मत, नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले नौ सय ५५ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमनविक्रम पाण्डेले सात सय पाँच मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँको अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढङ्गानाले दुई हजार दुई सय ५६ मत ल्याएर अग्रता कायमै राख्नुभएको छ भने एमालेका उम्मेदवार केशवराज पाण्डेको एक हजार ४३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यले चार सय २९ मत प्राप्त भएको छ । जारी रहेको मतगणना निरन्तर अघि बढाइने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।