९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

सप्तरी मतगणना जारीः दुई क्षेत्रमा कांग्रेस, जनमत र जसपाको एक/एक क्षेत्रमा अग्रता

सप्तरी मतगणना जारीः दुई क्षेत्रमा कांग्रेस, जनमत र जसपाको एक/एक क्षेत्रमा अग्रता
अ अ+ अ-

सप्तरी । सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसले अग्रता लिँदा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी र क्षेत्र नम्बर २ मा जनमत पार्टीको अग्रता छ ।

सर्वाधिक चासोको रुपमा देखिएकोे क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतले अग्रतालाई अझै फराकिलो बनाएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा जारी क्षेत्र नम्बर २ को पछिल्लो मतगणना परिणामअनुसार डा राउतले १० हजार सात सय मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चार हजार नौ सय ९० मत प्राप्त गर्नुभएको छ । यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले एक हजार नौ सय ६१ मत ल्याएर तेस्रोमा हुनुहुन्छ ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर २ (क) मा जनमत पार्टीका सतिश सिंहले पनि अग्रतालाई बढाउँदै लगेको छ । उहाँले १० हजार आठ सय ३२ मत प्राप्त गर्दा जसपाका शैलेन्द्रप्रसाद साहले पाँच हजार दुई सय आठ मत प्राप्त गर्नुभएको छ भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले चार हजार एक सय ७१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो ।

प्रदेशसभा क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीकै महेश यादवले नौ हजार सात सय ६१ मतका साथ अग्रता लिँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेश कुमार यादवले पाँच हजार दुई सय ७८ र जसपाका लक्ष्मण यादवले चार हजार दुई सय ३१ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत राउतले बताउनुभयो ।

कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माविमा जारी क्षेत्र नम्बर १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनता समाजवादी पार्टीका नवलकिशोर साहले दुई हजार छ सय २७ मतका साथ अग्रता लिनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका रामदेव साहका रामदेव साहले दुई हजार तीन सय ८९ मतका साथ पच्छयाई रहनुभएको छ भने जनमत पार्टीका जयकान्त राउतले एक हजार सात सय ७५ मत का ल्याएर तेस्रोमा हुनुहुन्छ ।

क्षेत्र नम्बर ३ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेसका दिनेशकुमार यादवले तीन हजार २७ मतका साथ अग्रता लिनुभएको छ भने नेकपा एमालेका ताराकान्त चौधरीले एक हजार आठ सय ९७ मत ल्याएर दोस्रो स्थान रहँदा जनमत पार्टीका अनिश अन्सारीले एक हजार चार सय ५० मत प्राप्त गरी तेस्रोमा हुनुहुन्छ ।

क्षेत्र नम्बर ४ मा पनि कांग्रेसका तेजुलाल चौधरीले एक हजार ४९ मतका साथ अग्रता लिनुभएको भने जसपाका बालकिशोर यादवले पाँच सय ६२ मत ल्याएर उहाँलाई पच्छयाई रहनुभएको छ । जनमत पार्टीका सुकदेव साहले पाँच सय मत ल्याएर तेश्रो हुनुहुन्छ ।