२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली क्षेत्र १, २, ३ मा नागरिक उन्मुक्ति, क्षेत्र ४ मा एमाले अगाडि



अ+ अ-

कैलाली । कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र १, २ र ३ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जारी मतगणनामा अग्रता लिइरहनुभएको छ ।

मतगणनाको पछिल्लो परिणामअनुसार क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ चौधरीले चार हजार पाँच सय ७८ मत पाउनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजारसहित पछ्याइरहनुभएको छ । क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी एक हजार चारसय ८८ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई नेकपा माओवादी केन्द्रका भगत बडुवालले आठ सय ६६ मतसहित पछ्याइरहनुभएको छ ।

क्षेत्र ३ मा पनि नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै राखेको छ । आज बिहानसम्मको जारी मतगणनामा सो पार्टीका प्रत्यासी गङ्गाराम चौधरीले १३ हजार आठसय ५८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले ११ हजार एकसय ६२ मतसहित पछ्याइरहनुभएको छ ।

निर्वाचन क्षेत्र नं ४ मा सुरुदेखि अग्रता बनाउनुभएका नेपाली कांग्रेसका बीरबहादुर बलायरलाई नेकपा एमालेका लेखराज भट्टले झिनो मतले उछिन्नुभएको छ । कांग्रेसका बलायरले तीन हजार चारसय ७३ मत पाउँदा भट्टले तीन हजार चारसय ९४ मत पाउनुभएको छ ।

निर्वाचन क्षेत्र ५ (धनगढी क्षेत्र)को मतगणना अहिले बिहान ८ बजेबाट गर्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय÷सर्वपक्षीय बैठकमा सहमति बन्न नसकेपछि सुरु हुन नसकेपछि यो क्षेत्रको मतगणना ढिलो गरी सुरु हुन लागेको हो । बैठकमा वडातह अनुसारको मतपेटिकाको मत गणना गर्नुपर्ने मागमा सहमति जुट्न सकेको थिएन ।

निर्वाचनको मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि विभिन्न दलका कार्यकर्ताले सोमबार नाराबाजीसमेत गरेका थिए ।