२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासी– १ मा कांग्रेसका विनोद चौधरी, २ मा राप्रपाका प्रधान अगाडि



अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ । मतपरिणामअनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिनुभएको छ ।

दुई हजार दुई सय मत गन्दा उद्योगपति चौधरी आठ सय ५३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले छ सय ३२ मत प्राप्त गर्नुभएको छ । चौधरी त्रिपाठीभन्दा दुई सय ८१ मतले अगाडि हुनुहुन्छ ।

यस्तै निर्वाचन क्षेत्र नं २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेल दोस्रो स्थानमा हुनुहुन्छ । दुई हजार सात सय ५० मत गन्दा राप्रपाका प्रधान एक हजार तीन सय ८९ मत र कँडेलले पाँच सय २७ मत प्राप्त गर्नुभएको छ । रासस