१४ भाद्र २०८३, आईतवार
,
Latest
रसुवा भोटेकोशी बाढी अपडेटः ७३४ जनाको मृत्यु, करिव २५ सय अझै बेपत्ता भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम कृष्णभीरमा पृथ्वी राजमार्ग भासिएपछि दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा रोकियो चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा क्षेत्र नं. २ मा बर्तौलाले खतिवडालाई पछि पारे



अ+ अ-

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को हालसम्म दुई हजार तीन सय ८५ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।

एमालेका उम्मलेदवार महेश बर्तौलाले लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई २३ मतले पछि पार्दै अग्रता कायम गर्नुभएको हो ।

एमालेका बर्तौलाले आठ सय ४९ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार खतिवडाले आठ सय २६ मत प्राप्त गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले चार सय ६९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजन मैनालीले २७ मत प्राप्त गर्नुभएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं. १ र २ को मत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिद्धार्थ माविमा गणना जारी भइरहेको छ ।