५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुर २ को मतगणना सुरु



file
अ+ अ-

नवलपुर । नवलपुरको क्षेत्र नं २ को मतगणना सुरु भएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा जिल्लाको क्षेत्र नं २ मा जम्मा ८५ हजार चार सय मत खसेको थियो ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसारका जिल्लाको क्षेत्र नं २ मा ४८ हजार तीन सय ८९ महिला, ३७ हजार १० पुरुष तथा एकजना तेस्रोलिङ्गी मतदाताले भाग लिएका थिए । जिल्लाको यस क्षेत्रमा एक लाख २९ हजार दुई सय ८० मतदाता रहेकामा ६६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी भुसालले बताउनुभयो । यहाँको क्षेत्र नं २ को मतगणना भने आज रातिदेखि हुने मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलको भनाइ छ ।

लुइँटेलका अनुसार देवचुली–४ को मतदान केन्द्रमा मतदान सकिएपश्चात् त्यहाँको मतपेटिका मतगणनास्थलमा ल्याएपछि मतगणनाको तयारी गरिनेछ । मतपेटिका कावासोती आएपछि सर्वदलीय बैठक बसेर मतगणना गरिने लुइँटेलले बताउनुभयो ।