८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा राउत दाजुभाइको सुरुआती अग्रता



अ+ अ-

सप्तरी । सप्तरीको क्षेत्र नं १ र २ मा जनमत पार्टीका अध्यक्ष डा सीके राउत दाजुभाइले सुरुआती अग्रता लिएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित सर्वोदय माविमा जारी क्षेत्र नं १ को मतगणनाअनुसार प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतका दाजु जयकान्त राउतले दुई सय ३८ मतका साथ अग्रता लिनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका रामदेव साहले दुई सय १४ मतका साथ पछ्याइ रहनुभएको छ भने नागरिक उन्मुक्ति पार्टीका टीकालक्ष्मी चौधरीले दुई सय एक मत ल्याएर तेस्रोमा हुनुहुन्छ । प्रदेशसभातर्फ क्षेत्र नं १ ९१० र ९२० मतगणना कार्यसमेत सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

यस्तै सप्तरीको क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ जनमत पार्टीका अध्यक्ष डा सीके राउतले आफ्नो अग्रता कायमै राख्नुभएको छ । राजविराजस्थित खानेपानी तथा सरसफाइ कार्यालयकको भवनमा बिहान ९ बजेदेखि जारी क्षेत्र नं २ को पछिल्लो मतगणना परिणामअनुसार डा राउतले एक हजार २० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चार सय ५२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोसपाका जयप्रकाश ठाकुरले तीन सय आठ मत ल्याएर तेस्रोमा हुनुहुन्छ । प्रदेशसभातर्फ सप्तरी क्षेत्र नं २ ९१० मा जनमत पार्टीका सतिश सिंहले एक हजार तीन सय २१ मत प्राप्त गर्दा जसपाका शैलेन्द्रप्रसाद साहले पाँच सय ६१ मत प्राप्त गर्नुभएको छ भने वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार लोसपाका सरोज मण्डलले चार सय ३३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा क्षेत्र नं २ ९२० मा जनमत पार्टीकै महेश यादवले पाँच सय ३७ मतका साथ अग्रता लिँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार उमेशकुमार यादवले तीन सय आठ र जसपाका लक्ष्मण यादवले एक सय ८३ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस