९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौँ: सभापति लामिछाने

अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँदैछौँ: सभापति लामिछाने
अ अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताउनुभएको छ । आज मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले देशभर नयाँ तरङ्ग पैदा गरेको बताउनुभयो ।

“देशभरको रिपोर्टिङले उत्साहित छु”, उहाँले भन्नुभयो, “सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ ।” उहाँले देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने बताउनुभयो । “हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ”, उहाँले भन्नुभयो ।

पहिलो पटक मतपत्रमा घण्टी चुनाव चिह्न देख्दा गर्वको महसुस भएको सभापति लामिछानेले बताउनुभयो । “एकछिन मतपत्र हेरेर बसेँ,” उहाँले भन्नुभयो, “ठूलो जिम्मेवारी बोध महसुस भएको छ ।” देशैभरि देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको उहाँले बताउनुभयो । बलियो र दरिलो अभियानका साथ आएको भन्दै उहाँले पार्टी सरकारमा जान तयार भए पनि हतार भने नगर्ने बताउनुभयो ।

लामिछानेले नागरिकता विषयमा निर्वाचन आयोगले सोधेको प्रश्नको विषयमा जवाफ दिन तयारी अवस्थामा रहेको बताउनुभयो । आयोगले तोकेको समय अवधिमा आफूले जवाफ दिने उहाँको भनाइ छ ।