२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व आवश्यकः शंकर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताउनुभएको छ ।

आईतवार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्ने बताउनु भयो । उहाँले बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश विकास गर्ने बताउनु भयो ।

उहाँले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकलाई स्थायित्व, विकास र समृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ । राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्दछ । हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ । नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्छ । जसले बलियो राष्ट्रिय शक्तिका रुपमा आफूलाई स्थापित गर्न चाहन्छ । मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक छ । यो चुनावले त्यो दिशातर्फ मुलुकलाई डो-याउनेछ ।

मेरो उम्मेदवारी पनि त्यसै प्रयोजनका लागि छ । म धेरै नै उत्साहीत छु, किनभने मुलुकलाई स्थायित्व चाहिएको छ, विकास र समृद्धि चाहिएको छ । त्यस्तो अवस्थामा मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यक्ता पर्छ । त्यसमा हामी छौँ ।’

महासचिव पोखरेलले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको बताउनु भयो ।