• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   मधेस सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा ★   राजस्थानले चेन्नईलाई दियो १४२ रनको लक्ष्य ★   माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन ★   एमाले तनहुँ अधिवेशनः अध्यक्षमा कँडेल र सिग्देलको उम्मेदवारी, कुन नेताको कसलाई साथ ? ★   ‘स्वस्थकर जीवनका लागि स्वस्थ वातावरण आवश्यक’ ★   छ दशकदेखि ज्ञान बाँड्दै लालचन्द्र ★   शिर्ष नेताहरुको प्रतिवद्धता बिना त्रिभुवन विश्वविद्यालयको पुन:संरचना सम्भव छैन: मन्त्री श्रेष्ठ ★   बेसहाराको आश्रयस्थल बन्दै बालगृह ★   मधेश सरकारबाट बाहिरियो माओवादी ★   इजरायल आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार नजिक

प्रतिनिधि सभाको निर्वाचन सहजै जित्छु– पम्फा भुसाल



ललितपुर । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताउनुभएको छ ।

गठबन्धनको तर्फबाट ललितपुर क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएकी मन्त्री भुसालले आफ्नो पहिलो एजेण्डा आर्थिक विकास भएको बताउनुभएको हो ।

बिहीवार ललितपुर क्षेत्र नं. ३ अन्तर्गत हरिसिद्धीमा उहाँले विगतमा आफूले शुरु गरेका काम पूरा गर्न र नयाँ कामको थालनी गर्नका लागि उम्मेदवार बनेको बताउनु भयो । उहाँले आगामी पाँच वर्ष आर्थिक विकासका लागि तीन वटा नै तहको सरकार र निजी क्षेत्रसमेतसँग सहकार्य गरेर काम गर्ने बताउनु भयो । उहाँले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्नसक्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले ललितपुर क्षेत्र नं. ३ लाई नमूना क्षेत्रको रुपमा अगाडी बढाउने बताउनु भयो । उहाँले भन्नुभयो – ‘धेरै काम मैले आफ्नो कार्यक्षेत्रमा गरेको छु । केही थालेका काम पूरा गर्नुछ । केही नयाँ काम थालनी गर्नुछ । मुख्य गरेर आर्थिक विकास अब मेरो प्रथम एजेण्डा हो । त्यसलै म पाँच वर्ष त्यसमा लाग्दा मैले सक्छु । मलाई असाध्यै विश्वास छ, मैले आफ्नो एजेण्डालाई कार्यान्वयन गर्नसक्छु । तीनै तहको सरकारको सहकार्य र समन्वयबाट । सार्वजनिक, निजी क्षेत्रको समेत सहकार्यबाट हामी एउटा परिणाम निकाल्नसक्ने नमूना क्षेत्रको रुपमा अगाडी बढाउने छौँ ।’

उहाँले ललितपुर क्षेत्र नं. ३ बाट आफूले जित्ने माहोल बनेको बताउनु भयो । आफूले दुई कार्यकाल गरेका कामहरु हेरेर जनताले मतदान गर्ने उहाँको भनाइ छ । मतदाताहरु पनि आफूप्रति सकारात्मक भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘माहोल सकारात्मक छ । यो अन्तिम घरदैलो हो । आज साँझ खोकनामा एउटा सभा गरेर प्रचार कार्यको समापन हुन्छ । २२ वडा जाँदा जनताको सकारात्मक रेस्पोन्स छ । मैले दुई कार्यकाल गरेका काम पनि जनताले हेर्नुभएको छ । अहिले मैले केही काम थालेका, केही नयाँ काम सम्पन्न गर्नुपर्ने छ ।’

‘यो घोषणा मैले जनताको बीचमा राखेको छु । उहाँहरु सकारात्मक हुनुहुन्छ । जित्ने नै माहोल छ । हामी गठबन्धनमा छौँ । हाम्रो गठबन्धनको स्थानीय निर्वाचनको मत मात्रै गणना गर्दापनि हामी धेरै नै सजिलो गरी जित्न सक्छौँ भन्ने कुरा तथ्यांकले पनि देखाउँछ । अहिले प्रचारप्रसार, घरदैलो, हाम्रो गठबन्धनका पार्टीहरु, नेताहरुको खटाइले अझ सहज हुनेछ ।’

मन्त्री भुसालले स्थानीय तह निर्वाचनको मतअनुसार गठबन्धन अगाडी रहेको उल्लेख गर्दै प्रतिनिधि सभाको निर्वाचन पनि सजिलोसँग जित्ने दाबी गर्नुभयो ।