९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ : नयाँ पुस्ताप्रति मतदाताको आकर्षण, पोखरेल दलका लागि टाउको दुखाई बन्दै

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ : नयाँ पुस्ताप्रति मतदाताको आकर्षण, पोखरेल दलका लागि टाउको दुखाई बन्दै
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ यतिबेला बढी चर्चामा रहेको क्षेत्रमा परेको छ ।

जहाँ पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईकी छोरी मानुषीसहित एमाले र एमाले छाडेका रामवीर मानन्धरले उम्मेदवारी दिनुभएको छ । तेह्र राजनीतिक दल र १६ स्वतन्त्रसहित २९ उम्मेदवारले भाग लिएको उक्त क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई र नेकपा (एमाले) को तर्फबाट श्यामकुमार घिमिरे उम्मेदवार हुनुहुन्छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ध्रुवविक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, हाम्रो नेपाल पार्टीका प्रवेन्द्र पोखरेल (आकर्षण), नेपालका लागि नेपाली पार्टीका राम नेपाली, नेपाल मजदुर किसान पार्टीका किरण महर्जन, नेपाली कांग्रेस (विपी)का कमलाकुमारी शर्मा भुसाल, नेपाल आमा पार्टीका कृष्णप्रसाद दबाडी, राप्रपा नेपालका कुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ र जनसमाजवादी पार्टीका शैलेशराज श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।

यस्तै स्वतन्त्र उम्मेदवारका रूपमा रामवीर मानन्धर, यादवलाल कायस्थ, प्रशन्नकुमार अवाले, किरण केसी, रवीन्द्रकुमार श्रेष्ठ, ईश्वर अर्याल, प्रकाश कुँवर, भरत तामाङ, लक्ष्मणप्रसाद गजुरेल, लोकप्रसाद सिंखडा, रोजिना अवाले, राजकुमार कोइराला, मन्जुमाया तामाङ, सुजनरत्न बज्राचार्य, हेमबहादुर ढुङ्गेल र जानुका पौडेलले उम्मेदवारी दिनुभएको छ ।

पछिल्ला दिनमा उम्मेदवारहरु घरदैलोमा जाँदा मतदाताहरु पुराना दलमा भन्दा पनि बढी नयाँ दल र नयाँ पुस्ताप्रति आकिर्षित भएका छन् । ठूला भनिएका दलबाहेक हाम्रो नेपाली पार्टी र लौरो चिह्न अभियानबाट उम्मेदवार दिनुभएका आकर्षण पोखरेलले अघि सारेको एजेण्डाप्रति मतदाताको आकर्षण बढेको देखिएको छ ।

उम्मेदवार पोखरेलले भन्नुभयो, “स्वतन्त्र उम्मेदवारहरुका एजेन्डा र सक्रियताप्रति मतदाताहरु पनि आकर्षित भएको पाएको छु ।”

उहाँले आफू विजयी हुने दाबी गर्दै भन्नुभयो, “स्थानीय तहको निर्वाचनमा सुरु भएको परिवर्तन खोज्ने अभियानले नै आसन्न निर्वाचनमा पनि निरन्तरता पाउनेमा विश्वास छ ।” उहाँले विगतमा वैकल्पिक दलहरु शक्ति आर्जनमा लाग्दा स्थापित हुन नसकेको बताउनुभयो ।

“पदमा पुगेपछि मात्र परिवर्तन हुन्छ भन्ने मान्यताबाट अघि बढ्दा समस्या भएको हो”, उहाँले बताउनुभयो । “परिवर्तनका लागि पद चाहिन्छ भन्ने छैन ।” नेताहरुले नीति बनाउने र नीति कार्यान्वयन भए विकास हुने उहाँको भनाइ छ । “फलानोले जित्यो भने विकास हुन्छ भन्ने मानसिकता हटाउनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले आफू कुनै अमुक दलको उम्मेदवार भएको भनी गरिएको प्रचारको खण्डन गर्नुभएको छ । वर्तमान निर्वाचन प्रणालीका कारण पनि सक्षम उम्मेदवार आउन कठिन भएको दाबी गर्दै चुनाव खर्चिलो भएको उहाँले बताउनुभयो । “हामी गलत अभ्यासमा गइरहेका छौँ, वर्तमान निर्वाचन प्रणालीमा सुधारको आवश्यकता छ”, उहाँले भन्नुभयो ।

उहाँले आफू पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभयो । “मैले जानेको कुरा समाजलाई दिन्छु भनेर राजनीतिमा आएको हुँ, यदि मेरो सोच र विचार मिल्छ भने ठीक छ होइन भने म पैसा खर्च गरेर राजनीति गर्ने पक्षमा छैन ।”

लामो समय अमेरिकामा बसेर नेपाल फर्केका पोखरेल निर्वाचन क्षेत्रमा जनताका धेरै ठूला माग नरहेका र ती माग सजिलै पूरा गर्न सकिने उहाँको दाबी छ। पोखरेलले चुनावी एजेन्डामा १० वटा संकल्प अगाडि सार्नुभएको छ।

“यस क्षेत्रका जनतामा खानेपानी, सडक, खाल्डाखुल्डी, ट्राफिक, ढल, फोहोर, स्वास्थ्य उपचार र महङ्गीलगायतका कैयन समस्या छन्”, उहाँले भन्नुभयो, “यी यस्ता समस्या हुन् जुन सहजै समाधान गर्न सकिन्छ र मेरो प्रमुख प्राथमिकता पनि यसैमा हुनेछ।”

सुशासन, सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा, गुणस्तरीय निःशुल्क शिक्षा, स्वच्छ खानेपानी, कृषिलाई आत्मनिर्भर बनाउन आधुनिक कृषि प्रणालीलाई अगाडि बढाउनु आजको आवश्यक भएको उहाँको भनाइ छ।

त्यसका साथै, ढल तथा फोहोर व्यवस्थापन नीति बनाई पूर्णरुपमा कार्यान्वय गर्ने, कला, संस्कृति तथा सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने, सडक छेउछाउमा वृक्षरोपण गरेर हरियाली बनाउने, दक्षिण उत्तर पर्यटन राजमार्गका रुपमा अगाडि बढाउने र राष्ट्रिय पर्यटन नीति निर्माण गरी काम गर्ने आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ।

काठमाडौँको उत्तर–पश्चिम क्षेत्रमा अवस्थित क्षेत्र नं ७ मा कुल ६१ हजार दुई सय ९१ मतदाता रहेका छन् । काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको १, २ र ३ वडाका साथै तारकेश्वर नगरपालिकाको ३, ४ र ५ वडा उक्त क्षेत्रमा रहेका छन् ।

उक्त क्षेत्रमा क्षेत्रपाटी, ठमेल, बालाजु, नयाँबजार, सोह्रखुट्टे, म्हैपी, टौडोल, माछापोखरी, वनस्थली, ढल्को, धोबीचौर, ठैँटी, नरदेवी, भुरुङ्खेल, ढोकाटोल, मच्छिन्द्रटोल, न्ह्यौखा, तीनपिप्ले, पुरानो गुह्येश्वरी, भैरवथान, गोलढुङ्गा, रानीवन, ठूलो भ¥याङ, इचङ्गु, गैरीगाउँलगायतका क्षेत्र पर्दछन् ।