२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी पार्टीको चुनावी नतिजा सोचेभन्दा धेरै कम आउनेछः बालकृष्ण खाँण(भिडीयोसहित )



अ+ अ-

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताउनुभएको छ ।

गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहीत वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको बताउनुभएको हो ।

उहाँले निर्वाचनका क्रममा हुनसक्ने घटनाहरुलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको हेलिकप्टर र हवाइजहाजलाई अलर्ट गरिसकेको बताउनु भयो । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका खाँणले आफूमाथि लाग्दै आएको आसन्न निर्वाचनका गलत तथ्यांकहरु प्रश्तुत गरेको आरोपबारे सञ्चारमाध्यमहरुले जनमत सर्वे गरी प्रशारण गरेका तथ्यांकहरु नै प्रश्तुत गरेको बताउनु भयो ।

उहाँले निर्वाचनबारेका कुनैपनि पूर्वानुमानका तथ्यांकहरु सरकारले प्रश्तुत गर्न नमिल्ने र नगर्ने पनि बताउनु भयो । उहाँले आसन्न निर्वाचनबाट नेपाली काँग्रेस देशको ठूरो राजनीतिक पार्टी बन्ने र गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहनुभएका खाँणले विपक्षी दलहरुले सोचेको र देखाएको तामझामअनुसारको निर्वाचन नतिजा नआउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव निष्पक्षतासँग सम्पन्न गर्नलाई नै सबै शक्ति राज्यले लगाएको छ । पुरानो अनुभवको आधारशीलालाई लिएर यो निर्वाचनलाई एकैपटक सञ्चालन गर्नसक्छौँ । कुनै घटना भए तत्काल नेपाली सेनाको हेलिकप्टहरु प्रयोग गर्न सकिन्छ । थप जनशक्ति लैजान नेपाली सेनाको जहाज, हेलि राखेका छौँ ।’

‘हामीले जनमत सर्वेका तथ्यांकहरु विश्लेषण गर्दा नेपाली काँग्रेस ठूलो पार्टी बन्छ । काँग्रेस लगायतको गठबन्धनको सरकार बन्छ । विपक्षी दलहरुले जस्तो सोचिरहनुभएको त्यो नतिजा आउँदैन, उहाँहरुले सोचेको भन्दै धेरै कम मात्र नतिजा आउँछ । हामीले सबैभन्दा पहिला मतदाता, जनताको सुरक्षा गर्ने हो, निर्वाचनमा खटिएका कर्मचारीहरुको सुरक्षा र उम्मेदवारको सुरक्षा गर्नु हाम्रो दायित्व हो । उम्मेदवारको सुरक्षप्रति हामी प्रतिवद्ध छौँ ।’

‘जुनसुकै दल र पार्टीका उम्मेदवार साथीहरुले सुरक्षा चाहिएको छ भने सुरक्षा उपलब्ध गराउनेछौँ । हामीले सञ्चारमाध्यमहरुले गरेको आँकलनका आधारमा भनेका हौँ । सरकारी तवरबाट तथ्यांक प्रश्तुत गर्ने भन्ने मिल्दैन, हुँदैन । विभिन्न सञ्चारमाध्यमहरुले आफ्नो आँकलन गरिरहनुभएको छ, त्यो कतिपय सही पनि छन् । किनभने सत्ता गठबन्धनको तथ्यांक स्थानीय निर्वाचनदेखि अहिलेसम्म हेर्दा मत सर्वेमा पनि सत्ता गठबन्धन अघि नै छ । यो सरकारी आँकलन बाहिर ल्याएको पनि होइन । तर कतिपय मत सर्वे स्थानीय निकाय र पार्टीले पनि निकालीरहेको हुन्छ ।’

गृहमन्त्री खाँणले उम्मेदवार, जनता, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाकोे दायित्व सरकारको भएकाले कुनैपनि राजनीतिक दल र उम्मेदवारहरुलाई सुरक्षा चाहिए सरकार सुरक्षा उपलब्ध गराउन सक्षम रहेको पनि बताउनु भयो ।