• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपको मुद्दामा जेठ १ गते पेशी ★   तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने ★   नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी ★   चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ: उपकुलपति बस्नेत ★   सुनसान जंगलमा भूतको जस्तो आवाज किन र कहाँबाट आउँछ ? ★   बाफलमा आगलागी: तीन जनाको अवस्था गम्भिर ★   ४८ वर्षदेखि ठेकी बनाउँदै टीकाबहादुर ★   खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी ★   सन्दीपबारे रचना रिमाल – दोषी भए कानुन अनुसार सजाय देउ निर्दोष भए विश्वकप खेल्न देउ ★   संसदीय समितिलाई प्रभावकारी बनाउनेतर्फ सबै लाग्नुपर्छ: सांसद सर्वेन्द्रनाथ शुक्ला

विपक्षी पार्टीको चुनावी नतिजा सोचेभन्दा धेरै कम आउनेछः बालकृष्ण खाँण(भिडीयोसहित )



भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहीत बनाउन सरकारले आवश्यक सुरक्षा व्यवस्था परिचालन गरिसकेको बताउनुभएको छ ।

गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनको अनुभवबाट सिकेर सरकारले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहीत वातावरणमा निष्पक्ष रुपमा सम्पन्न गर्न आवश्यक राज्य शक्तिको परिचालन गरिएको बताउनुभएको हो ।

उहाँले निर्वाचनका क्रममा हुनसक्ने घटनाहरुलाई मध्यनजर गरी सरकारले नेपाली सेनाको हेलिकप्टर र हवाइजहाजलाई अलर्ट गरिसकेको बताउनु भयो । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका खाँणले आफूमाथि लाग्दै आएको आसन्न निर्वाचनका गलत तथ्यांकहरु प्रश्तुत गरेको आरोपबारे सञ्चारमाध्यमहरुले जनमत सर्वे गरी प्रशारण गरेका तथ्यांकहरु नै प्रश्तुत गरेको बताउनु भयो ।

उहाँले निर्वाचनबारेका कुनैपनि पूर्वानुमानका तथ्यांकहरु सरकारले प्रश्तुत गर्न नमिल्ने र नगर्ने पनि बताउनु भयो । उहाँले आसन्न निर्वाचनबाट नेपाली काँग्रेस देशको ठूरो राजनीतिक पार्टी बन्ने र गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहनुभएका खाँणले विपक्षी दलहरुले सोचेको र देखाएको तामझामअनुसारको निर्वाचन नतिजा नआउने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘चुनाव निष्पक्षतासँग सम्पन्न गर्नलाई नै सबै शक्ति राज्यले लगाएको छ । पुरानो अनुभवको आधारशीलालाई लिएर यो निर्वाचनलाई एकैपटक सञ्चालन गर्नसक्छौँ । कुनै घटना भए तत्काल नेपाली सेनाको हेलिकप्टहरु प्रयोग गर्न सकिन्छ । थप जनशक्ति लैजान नेपाली सेनाको जहाज, हेलि राखेका छौँ ।’

‘हामीले जनमत सर्वेका तथ्यांकहरु विश्लेषण गर्दा नेपाली काँग्रेस ठूलो पार्टी बन्छ । काँग्रेस लगायतको गठबन्धनको सरकार बन्छ । विपक्षी दलहरुले जस्तो सोचिरहनुभएको त्यो नतिजा आउँदैन, उहाँहरुले सोचेको भन्दै धेरै कम मात्र नतिजा आउँछ । हामीले सबैभन्दा पहिला मतदाता, जनताको सुरक्षा गर्ने हो, निर्वाचनमा खटिएका कर्मचारीहरुको सुरक्षा र उम्मेदवारको सुरक्षा गर्नु हाम्रो दायित्व हो । उम्मेदवारको सुरक्षप्रति हामी प्रतिवद्ध छौँ ।’

‘जुनसुकै दल र पार्टीका उम्मेदवार साथीहरुले सुरक्षा चाहिएको छ भने सुरक्षा उपलब्ध गराउनेछौँ । हामीले सञ्चारमाध्यमहरुले गरेको आँकलनका आधारमा भनेका हौँ । सरकारी तवरबाट तथ्यांक प्रश्तुत गर्ने भन्ने मिल्दैन, हुँदैन । विभिन्न सञ्चारमाध्यमहरुले आफ्नो आँकलन गरिरहनुभएको छ, त्यो कतिपय सही पनि छन् । किनभने सत्ता गठबन्धनको तथ्यांक स्थानीय निर्वाचनदेखि अहिलेसम्म हेर्दा मत सर्वेमा पनि सत्ता गठबन्धन अघि नै छ । यो सरकारी आँकलन बाहिर ल्याएको पनि होइन । तर कतिपय मत सर्वे स्थानीय निकाय र पार्टीले पनि निकालीरहेको हुन्छ ।’

गृहमन्त्री खाँणले उम्मेदवार, जनता, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षाकोे दायित्व सरकारको भएकाले कुनैपनि राजनीतिक दल र उम्मेदवारहरुलाई सुरक्षा चाहिए सरकार सुरक्षा उपलब्ध गराउन सक्षम रहेको पनि बताउनु भयो ।