२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

केकी अधिकारीले गगनको पक्षमा भोट माग्दै भनिन्–सफल राजनीतिज्ञको रुपमा उदय होस्



अ+ अ-

काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् ।

गगनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियो सन्देशमार्फत केकीले गगनको पक्षमा भोट मागेकी हुन् ।

केकीले भिडियोमा सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भनेकी छन् ।

समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आवाज उठाउँदै आएकी केकीले गगनको खुलेर प्रशंसा गरेकी छन् ।

उनीले गगन थापाको नेपाली कला, साहित्य, संगीत र चलचित्रप्रति अभिरुचि रहेको भनेकी छन् । उनीले भनिन्, ‘राष्ट्रप्रतिको निष्ठा, जनताप्रतिको सेवाभाव र इमान्दारिता, संसदप्रतिको लगाव प्रशंसनीय छ । कोभिड महामारीको समयमा उहाँले म र मेरा शुभचिन्तकको प्रश्नको जवाफ दिनुभएको थियो । संसदमा उहाँले राष्ट्रिय चासोका विषयमा खबरदारी गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो’ ।