२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु सबै पूरा गर्छुः ईश्वर पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताउनुभएको छ ।

सोमवार काठमाडौं क्षेत्र नम्बर ५ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं ५ का जनताले आफूलाई अत्याधिक बहुमत दिएर जिताए एमालले चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता नेकपा एमालेका उम्मेद्वारहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताउनु भयो । उहाँले वि.सं.२०७४ सालको निर्वाचनमा उम्मेद्वार हुँदा गरेका प्रतिवद्धताहरु सबै पूरा गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं क्षेत्र नं. ५ का मतदाताहरुको नेकपा एमालेका उम्मेद्वाहरुप्रति सकारात्मक प्रतिक्रिया पाएका छौं । यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा उम्मेद्वार हुँदा जे प्रतिवद्धताहरु जनाएको थिए । ती प्रतिवद्धताहरु अनुरुप सबै काम ग¥यौं । काठमाडौं ५ का जनताले एमालेलाई मत दिएर जिताए एमालेले निर्वाचन घोषणापत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गरेर जाने छौं ।’

काठमाडौं क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहनुभएको छ । पोखरेलका घरदैलो कार्यक्रममा नायिका करिश्मा मानन्धरसमेत समेल सहभागी हुनुहुन्थ्यो ।