५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु सबै पूरा गर्छुः ईश्वर पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताउनुभएको छ ।

सोमवार काठमाडौं क्षेत्र नम्बर ५ मा चुनावी घरदैलो कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग बोल्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले काठमाडौं ५ का जनताले आफूलाई अत्याधिक बहुमत दिएर जिताए एमालले चुनावी घोषणा पत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता नेकपा एमालेका उम्मेद्वारहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको पनि बताउनु भयो । उहाँले वि.सं.२०७४ सालको निर्वाचनमा उम्मेद्वार हुँदा गरेका प्रतिवद्धताहरु सबै पूरा गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं क्षेत्र नं. ५ का मतदाताहरुको नेकपा एमालेका उम्मेद्वाहरुप्रति सकारात्मक प्रतिक्रिया पाएका छौं । यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा उम्मेद्वार हुँदा जे प्रतिवद्धताहरु जनाएको थिए । ती प्रतिवद्धताहरु अनुरुप सबै काम ग¥यौं । काठमाडौं ५ का जनताले एमालेलाई मत दिएर जिताए एमालेले निर्वाचन घोषणापत्रमा गरिएका प्रतिवद्धताहरु कार्यान्वयन गरेर जाने छौं ।’

काठमाडौं क्षेत्र नम्बर ५ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पोखरेलले चुनावी घरदैलो कार्यक्रम निरन्तर गरिरहनुभएको छ । पोखरेलका घरदैलो कार्यक्रममा नायिका करिश्मा मानन्धरसमेत समेल सहभागी हुनुहुन्थ्यो ।