५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यकर्ता कुटिएको विरोधमा दार्चुलामा सत्ता गठबन्धनद्वारा सडक अवरुद्ध



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटेको भन्दै दार्चुलामा सत्ता गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् । प्रहरीका अनुसार गठबन्धनका कार्यकर्ताहरुले गोकुलेश्वर खार खलंगा सडकको धुलीगाडा क्षेत्रमा सडक बन्द गरेका हुन् ।

आइतबार एमाले कार्यकर्ता र एमालेका कायकर्ताबीच झडप भएको थियो । नौगाड गाउँपालकिा–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धनका कार्यकर्ता र नौगाडको जामिरमा आमसभामा गइरहेका एमाले कार्यकर्ताबीच झडपमा नेकपा (माओवादी केन्द्र)का जयभानसिंह धामी घाइते भएका थिए । घाइते धामी माओवादी केन्द्र काठमाडौँ–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् ।

गठबन्धनका कार्यकर्ताले झडपमा संलग्न एमाले कार्यकर्तालाई पक्राउ गरेमात्रै सडक खोल्ने बताएका छन् । जिल्लाभरका सयौँ कार्यकर्तालाई परिचालन गरेर गठबन्धनले धुलीगाडा खेडा क्षेत्रमा सडक बन्द गराएको एमाले कार्यकर्ताहरुले बताएका छन् ।

सडक अवरुद्ध हुँदा नौगाडमा भएको चुनावी सभामा गएका एमाले कार्यकर्ता तथा स्थानीय बासिन्दा घर फर्कन सकेका छैनन् । प्रशासनले दुवै सुरक्षा बैठक राखेर सडक खुलाउने प्रयास गरिरहेको बताइएको छ ।




भर्खरै