२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकः विश्व कीर्तिमान भङ्ग गर्दै महिला हर्डल्समा सिड्नी म्याकगलनले जितिन् स्वर्ण



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिकमा महिला हर्डल्समा अमेरिकी धाविका सिड्नी म्याकगलनले आफ्नो  नाममा रहेको पुरानो विश्व कीर्तिमान भङ्ग गर्दै स्वर्ण पदक जितेकी छिन् । उनले ५१.४६ सेकेन्डमा रेस पुरा गरिन् । 

सो रेसमा उनले ५१.५८ मा रेस पुरा गर्दै अमेरिकी डालिया मुहमुदले रजत पदक जितिन्  ।  मुहमुद साबिक विजेता, विश्व च्याम्पियन तथा पूर्व विश्व कीर्तिमान धारी हुन् । मुहमुदको कीर्तिमानलाई यस अघि म्याकगलनले जुलाई महिनामा अमेरिकाको ओलम्पिक छनोटमा भङ्ग गरेकी थिइन् । 

नेदरल्यान्डकी फेम्के बोलले कांस्य दिक जितिन् । 
बुधवार भएको म्याराथन पौडीमा ब्राजिलकी चुना अन्ना मार्सेलाले स्वर्ण,नेदरल्यान्डकी सारोन भान रुवान्डोलले रजत तथा अस्ट्रेलियाकी करिना लीले कांस्य पदक जिते । 

स्केट बोर्डिङको महिला पार्कमा जापानकी साकुरा यासाजोमीले स्वर्ण,जापानकी काकोनी हिराकीले रजत तथा बेलायतकी स्काइ ब्राउनले कांस्य पदक जिते ।