१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकः विश्व कीर्तिमान भङ्ग गर्दै महिला हर्डल्समा सिड्नी म्याकगलनले जितिन् स्वर्ण



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिकमा महिला हर्डल्समा अमेरिकी धाविका सिड्नी म्याकगलनले आफ्नो  नाममा रहेको पुरानो विश्व कीर्तिमान भङ्ग गर्दै स्वर्ण पदक जितेकी छिन् । उनले ५१.४६ सेकेन्डमा रेस पुरा गरिन् । 

सो रेसमा उनले ५१.५८ मा रेस पुरा गर्दै अमेरिकी डालिया मुहमुदले रजत पदक जितिन्  ।  मुहमुद साबिक विजेता, विश्व च्याम्पियन तथा पूर्व विश्व कीर्तिमान धारी हुन् । मुहमुदको कीर्तिमानलाई यस अघि म्याकगलनले जुलाई महिनामा अमेरिकाको ओलम्पिक छनोटमा भङ्ग गरेकी थिइन् । 

नेदरल्यान्डकी फेम्के बोलले कांस्य दिक जितिन् । 
बुधवार भएको म्याराथन पौडीमा ब्राजिलकी चुना अन्ना मार्सेलाले स्वर्ण,नेदरल्यान्डकी सारोन भान रुवान्डोलले रजत तथा अस्ट्रेलियाकी करिना लीले कांस्य पदक जिते । 

स्केट बोर्डिङको महिला पार्कमा जापानकी साकुरा यासाजोमीले स्वर्ण,जापानकी काकोनी हिराकीले रजत तथा बेलायतकी स्काइ ब्राउनले कांस्य पदक जिते ।